प्रजातन्त्रका लागि लडेकाहरूका लागि चाक्सीबारी तीर्थस्थल समान : अध्यक्ष ठाकुर « Khabarhub

प्रजातन्त्रका लागि लडेकाहरूका लागि चाक्सीबारी तीर्थस्थल समान : अध्यक्ष ठाकुर


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रजातन्त्रका लागि लडेकाहरूका लागि चाक्सीबारी तीर्थस्थल समान रहेको बताएका छन् । 

गणेशमान सिंह पाउन्डेसनले सोमबार आयोजना गरेको अन्तरक्रियामा उनले चाक्सीबारीको महत्वबारे चर्चा गर्ने क्रममा यस्तो बताएका हुन् ।  

‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रियामा उनले भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदानबारे पनि चर्चा गरे । 

‘चन्द्रशेखरजी आउनुभयो । त्यो समय हामी कहीँ–कतै बैठक गर्न सक्ने अवस्थामा थिएनौँ । चाक्सीबारीमै बैठक गरिएको थियो,’ अध्यक्ष ठाकुरले भने, ‘जहाँबाट डेमोक्रेसीका लागि बिगुल फुकियो । चाक्सीबारीको नाम डेमोक्रेसीका लागि लडेकाहरूका लागि एक तीर्थस्थल समान छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : ४७ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको