हेलिकप्टरबाट सुत्केरीको उद्धार « Khabarhub

हेलिकप्टरबाट सुत्केरीको उद्धार


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली सेनाको हेलिकप्टरमार्फत् जाजरकोटबाट एक जना सुत्केरीको उद्धार गरिएको छ ।

जुनिचाँदे गाउँपालिका–६ की ३० वर्षीया राजुकुमारी शाहीलाई हेलिकप्टरबाट उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।

शनिबार सुत्केरी हुनका लागि शाहीलाई घरबाट प्राथमिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोट ल्याइएको थियो । शिशुको जन्म भएपछि शाहीको अत्यधिक रक्तस्राव भएका कारण थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

अहिले सुत्केरी शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनका श्रीमान् विष्णुबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : ३६ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल