हेलिकप्टरबाट सुत्केरीको उद्धार « Khabarhub

हेलिकप्टरबाट सुत्केरीको उद्धार


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली सेनाको हेलिकप्टरमार्फत् जाजरकोटबाट एक जना सुत्केरीको उद्धार गरिएको छ ।

जुनिचाँदे गाउँपालिका–६ की ३० वर्षीया राजुकुमारी शाहीलाई हेलिकप्टरबाट उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।

शनिबार सुत्केरी हुनका लागि शाहीलाई घरबाट प्राथमिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोट ल्याइएको थियो । शिशुको जन्म भएपछि शाहीको अत्यधिक रक्तस्राव भएका कारण थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

अहिले सुत्केरी शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनका श्रीमान् विष्णुबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : ३६ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग