चारदेशीय टी–२० क्रिकेट खेल्ने टोलीको बिदाइ « Khabarhub

चारदेशीय टी–२० क्रिकेट खेल्ने टोलीको बिदाइ


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङकङमा हुने चारदेशीय टी–२० आई क्रिकेट सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा टी–२० आई क्रिकेट सिरिज खेल्नेछ । नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइनसकेका कारण मल्ललाई प्रशिक्षणको जिम्मेवारी दिइएको हो ।

बिदाइ कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले हङकङमा हुने चारदेशीय सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । उनले हङकङ सिरिजले टि ट्वान्टी विश्व कप छनोटको तयारीका लागि पनि मद्दत पुग्ने बताए ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाली टोलीसंगको यात्रा सहज हुने भन्दै नौलो महशुस नभएको उल्लेख गरे । प्रशिक्षकको भूमिकामा कुनै दवाव नरहेको र राष्ट्रका लागि खेल्ने–खेलाउने भूमिका निर्वाह गर्ने उनले बताए । 

सिरिजमा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् नेपालले कतारसँग खेल्दै बिहीबार प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ५ : ०५ बजे

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर