चारदेशीय टी–२० क्रिकेट खेल्ने टोलीको बिदाइ « Khabarhub

चारदेशीय टी–२० क्रिकेट खेल्ने टोलीको बिदाइ


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङकङमा हुने चारदेशीय टी–२० आई क्रिकेट सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा टी–२० आई क्रिकेट सिरिज खेल्नेछ । नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइनसकेका कारण मल्ललाई प्रशिक्षणको जिम्मेवारी दिइएको हो ।

बिदाइ कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले हङकङमा हुने चारदेशीय सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । उनले हङकङ सिरिजले टि ट्वान्टी विश्व कप छनोटको तयारीका लागि पनि मद्दत पुग्ने बताए ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाली टोलीसंगको यात्रा सहज हुने भन्दै नौलो महशुस नभएको उल्लेख गरे । प्रशिक्षकको भूमिकामा कुनै दवाव नरहेको र राष्ट्रका लागि खेल्ने–खेलाउने भूमिका निर्वाह गर्ने उनले बताए । 

सिरिजमा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् नेपालले कतारसँग खेल्दै बिहीबार प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ५ : ०५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको