नेपाल-भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह « Khabarhub

नेपाल-भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री  प्रकाशमान सिंहले नेपाल–भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरेका छन् । 

गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याउनुभएको योगदान विषयक अन्तरक्रियामा उनले चन्द्रशेखरको भूमिकाको प्रशंसा गरेका हुन् ।

‘चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उहाँहरूले नेताको रूपमा राजनीतिक परिवर्तनमा खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने, ‘०४६ सालको जनआन्दोलनलाई सफल बनाउन चन्द्रशेखरज्यूले खेल्नुभएको भूमिका स्मरणीय छ ।’ उनले चन्द्रशेखरको प्रेरणाले नेपाल–भारतको सम्बन्ध झन् बलियो बनाएको बताए ।

नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पनि नेपालमा २०४६ मा भएको जनआन्दोलनलाई सफल बनाउनमा चन्द्रशेखरको भूमिकाको स्मरण गरे । ‘भारतमा प्रधानमन्त्री हुँदा नेपाललाई निकै सहयोग गर्नु भयो उहाँले । बिपी कोइरालासँगको सम्बन्ध पनि राम्रो थियो’, उनले भने, ‘२०४६ सालको आन्दोलनमा उहाँ नेपालमै आएर गणेशमान सिंहको घरमा भाषण गरेर महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ३१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना