कुनै नेतालाई पक्राउ गर्दैमा आन्दोलन कमजोर हुँदैन : राजेन्द्र लिङ्देन « Khabarhub

कुनै नेतालाई पक्राउ गर्दैमा आन्दोलन कमजोर हुँदैन : राजेन्द्र लिङ्देन


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ ।  

सोमबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौँ स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको हो । 

बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भत्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए । 

उनले मंगलबार ९ बजेबाटै कार्यक्रम स्थल स्वयंसेवकको नियन्त्रणमा हुने भन्दै राज्य पक्ष वा कसैबाट घुसपैठ र हिंसा भड्काउने प्रयास भए ठाउँको ठाउँ कारबाहीको व्यवस्था मिलाएको उल्लेख गरे । 

अध्यक्ष लिङ्देनले चैत्र १५ गते भएको प्रदर्शनमा पनि आयोजक भन्दा पनि राज्य पक्ष हिंसा भत्काउन उद्धत देखिएको जिकिर गरे  । राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बताए  ।  

उनले राप्रपाले आयोजना गर्न लागेको आमसभामा सहभागी हुन अपिल समेत गरे । आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरूको आन्दोलन कमजोर नहुने भन्दै लिङ्देनले आफूलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिए  । 

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ३७ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा