चिल्ली ग्रुपले पोखरामा डेढ अर्ब लगानीमा खोल्यो ‘टेम्पल बेल बुटिक होटल’ « Khabarhub

चिल्ली ग्रुपले पोखरामा डेढ अर्ब लगानीमा खोल्यो ‘टेम्पल बेल बुटिक होटल’


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको व्यवसायिक ग्रुप चिल्ली ग्रुप अफले टेम्पल बेल बुटिक होटल संचालनमा ल्यायको छ ।

पोखराका पर्यटन व्यवसायी दाजुभाइ विश्वराज पौडेल र भीष्मराज पौडेलले ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा ल्याएका हुन् ।

पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा सञ्चालित टेम्पल बेल बुटिक होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र १ वटा प्रेसिडेन्सियल स्विट रुम छन् ।

स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल, स्पा लगायत पर्यटकका लागि आवश्यक सेवा होटलमा उपलब्ध हुने सञ्चालक विश्वराज पौडेलले बताए । उनले बुटिक होटल भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

आधुनिक डिजाइन र नेपाली शैलीलाई मिक्स गरे निर्माण भइरहेको होटलमा अण्डर ग्राउण्ड सहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा छ ।

साढे २ रोपनी जग्गामा निर्माण भइरहेको होटल तयार गर्न करिब ५५ करोड रुपैयाँ लगानी भइसकेको अर्का सञ्चालक भीष्मराज पौडेलले बताए ।

चिल्लीअन्तर्गत अहिले चिल्ली बार एण्ड रेष्टुरेन्ट, हिमालयन ग्लोरी इन र ३६० डिग्री स्काई लाउन्ज सञ्चालित छ । ग्रुपले अहिले १ सय ४० जनालाई रोजगारी दिएको छ । ग्रुपले होटलका लागि जग्गासहित करिब डेढ अर्ब लागनी गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : २९ बजे

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको