जमिन जोत्नेहरु नै भूमिहीन र भोकै हुने व्यवस्था अन्त्य हुनुपर्छ : शान्ता चौधरी « Khabarhub

जमिन जोत्नेहरु नै भूमिहीन र भोकै हुने व्यवस्था अन्त्य हुनुपर्छ : शान्ता चौधरी


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीले जमिन जोत्नेहरु नै भूमिहीन हुने विषय दुखद र आपत्तिजनक रहेको बताएकी छन् । माटोसँग जोडिएको, जमिन जोतेरै गुजारा चलाएको व्यक्ति गरिब भएर बाँच्नुपर्ने र भूमिहीन हुनुपर्ने वर्तमान बाध्यतालाई हटाउनु पर्ने चौधरीको भनाइ छ ।

नेकपा एमालेनिकट भूमि अधिकार तथा श्रमिक संगठनको बाजुरा जिल्ला अधिवेशनमा भाग लिन पुगेकी चौधरीले जमिनमा रगत बगाउनेहरुकै नाममा जमिन हुने व्यवस्था ल्याउने आन्दोलन अझै जारी रहेको र सबै भूमिहीनले फेरि अधिकारका लागि लड्नुपर्ने बेला आएको बताएकी छन् ।

चौधरी भूमि अधिकार तथा श्रमिक संगठनको केन्द्रीय अध्यक्ष पनि हुन् । उनले भावक भएर राज्यलाई प्रश्न गरिन्– ‘यो कस्तो विडम्बना हो, जमिन जोत्छन्, त्यो जमिनको हक पाउँदैनन्, अन्न उत्पादन गर्छन्, खान पाउँदैनन्, आफूले गरेको उत्पादन बजारमा बिक्री हुन्छ, पेट भोकै हुन्छ ?’ उनले विभेदकारी व्यवस्था अन्त्य गर्ने कानुन निर्माणमा आफूहरु लागि परेको जानकारी गराइन् ।

मेहनत गर्ने मजदुर वर्ग धनी हुनु पर्नेमा, ठिक उल्टो हातमा पञ्जा लगाएर माटो छुने मान्छे धनी भएको र महल जमिन दुबै उनीहरुकै हुने कुरा अन्यायपूर्ण भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ३० बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा