‘नारायण गोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई « Khabarhub

‘नारायण गोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘नारायण गोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाएकी छन् । आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले उक्त पुरस्कार मोक्तानलाई प्रदान गरेका हुन् ।

मोक्तानलाई प्रमाणपत्र र ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले स्वर सम्राट् नारायण गोपाल श्रेष्ठसँग बिताएका र नारायण गोपालसँग विभिन्न कार्यक्रममा सँगै प्रस्तुति दिनु परेको बताए ।

उनले नारायण गोपालसँग बिताएका विभिन्न रमाइला पलहरूको बारेमा पुराना यादहरू विभिन्न सांगीतिक यात्रामा बिताएका रमाइला रमाइला किस्साहरू सुनाई दर्शकहरूलाई हँसाएका थिए । उनले नारायण गोपालसँग बिताएका तीता मिठा अनुभवहरू पनि बताए ।

त्यसै गरी कार्यक्रमको बारेमा राष्ट्रिय युवा कोषको बारेमा र यसले गरेका काम कर्तव्यहरूको जानकारी र कार्यक्रमको बारेमा जानकारी सदस्य सचिव डाक्टर विष्णुबहादुर भण्डारी बताएका थिए ।

कार्यक्रमको समापन अध्यक्ष शंकरबहादुर पाण्डेले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा नारायण गोपालका गीतहरू रिवाज सिंह, काजल, शाहील एड्रीयन, भीम लिम्बु र मिलन परियारले गाएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ५४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति