बुधबार कृष्णको पूजा गर्नुहोस् « Khabarhub

बुधबार कृष्णको पूजा गर्नुहोस्


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २४ गते बुधबार। वैशाख शुक्ल पक्षको दशमी तिथि। राष्ट्रिय पत्रकारिता दिवस ।किरात समाज सुधार दिवस। तदनुसार सन् २०२५ मे ७ तारिख।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : २३ बजे

लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

बागमती– प्रतिबन्धित लागूऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

त्रिशूली– ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा

विराटनगरविरुद्ध लुम्बिनीका ओपनर सर्टको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन थाले

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् ।