अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्रमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–८१ माथि छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान साढे ११ बजे नै बस्नेछ । बैठकमा बारपाक क्षेत्रमा भूकम्पपछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ५३ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं