अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्रमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–८१ माथि छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान साढे ११ बजे नै बस्नेछ । बैठकमा बारपाक क्षेत्रमा भूकम्पपछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ५३ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय