भारतको आक्रमणपछि पाकिस्तानले के भन्यो ? « Khabarhub

भारतको आक्रमणपछि पाकिस्तानले के भन्यो ?


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका विभिन्न स्थानमा बुधबार बिहान हवाई आक्रमण गरेको छ ।

पाकिस्तानले आक्रमणबाट ८ जनाको ज्यानको जानुका साथै ३५ जना घाइते भएको जनाएको छ । अबको केही घण्टामा नै पाकिस्तानको उच्च स्तरीय संयन्त्रको बैठक बस्ने बताइएको छ ।

भारतीय सेनाले भने पाकिस्तानी आक्रमणबाट कश्मिरमा ३ भारतीयको ज्यान गएको जनाएको छ । यस्तै, भारत अधिनस्थ कश्मिरका सबै विद्यालय र कलेज बन्द गरिएका छन् ।

भारतले आक्रमण गरेपछि पाकिस्तानी सञ्चारमाध्यम र पाकिस्तानी सरकारबाट तीन फरक–फरक प्रतिक्रिया सार्वजनिक भएका छन् ।

पहिलो– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले जियो टिभीसँगको कुराकानीमा भारतले उसकै सीमाबाट आक्रमण गरेको बताए ।

‘भारतले आफ्नो हवाई सीमाबाट पाकिस्तानमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ, जुन सिधै नागरिक क्षेत्रहरूमा खसेका छन्’, उनले भने ।

दोस्रो– आक्रमणका क्रममा पाकिस्तानी सेनाले ५ वटा भारतीय लडाकु विमानहरू खसालेका पाकिस्तानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

मस्जिदहरूलाई पनि निशाना बनाइएको समाचारमा दाबी गरिएको छ । पाकिस्तानले एलओसी नजिकैका भारतीय चेकपोस्टहरू ध्वस्त पारेको समाचारमा जनाइएको छ ।

तेस्रो– भारतको हवाई आक्रमणपछि पाकिस्तानले स्थान र मृतकको सङ्ख्याबारे विभिन्न दाबीहरू गरेको छ । सुरूमा राति २ बजे पाँच ठाउँमा आक्रमण भएको थियो, जहाँ ३ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

त्यसको तीन घण्टापछि बिहान ५ बजे इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का निर्देशक अहमद शरीफ चौधरीले भारतको हवाई आक्रमणमा ८ जना नागरिक मारिएको बताए । उनले ३५ जना घाइते भएको पनि जनाएका छन् ।

उनका अनुसार भारतले ६ फरक–फरक स्थानहरूमा २४ वटा मिसाइल प्रहार गरेको छ । पीओके र पाकिस्तानका बस्तीहरूलाई लक्षित गरिएको उनको दाबी थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ३९ बजे

नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु

शैक्षिक संस्था र सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं- सरकारले सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा

असारसम्म बाँकी सबै लाइसेन्स छाप्ने मुद्रण केन्द्रको तयारी

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा वर्षौदेखि थन्किएका सबै

राष्ट्रिय सभा उपाध्यक्षसहितका पदमा चार दलको भागबन्डा

काठमाडौं- प्रतिनिधि सभामा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको एकछत्र रहेका बेला

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

दोधारा चाँदनी- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको