राष्ट्रिय सभा उपाध्यक्षसहितका पदमा चार दलको भागबन्डा « Khabarhub

राष्ट्रिय सभा उपाध्यक्षसहितका पदमा चार दलको भागबन्डा


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभामा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको एकछत्र रहेका बेला माथिल्लो सदन राष्ट्रिय सभामा चार दलले भागबन्डा गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपाले राष्ट्रिय सभाअन्तर्गतका विभिन्न पदमा भागबन्डा गरेका हुन् । भागबन्डाअनुसार एमालेबाट लीला भण्डारीलाई उपाध्यक्ष बनाइँदैछ।

उता पहिलो दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको सभापति लिने भएको छ। जसअुनसार कांग्रेसले विकास आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको सभापति लिने सहमति भएको हो ।

उता नेकपाले संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पद लिने सहमति भएको छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको सभापति लिनेगरी चार दलले सहमति जुटाएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  २ : १४ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर