कार्नी-ट्रम्प भेटवार्ता : क्यानडा बेचिनका लागि नभएको जवाफ « Khabarhub

कार्नी-ट्रम्प भेटवार्ता : क्यानडा बेचिनका लागि नभएको जवाफ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच भेटवार्ता भएको छ । २८ अप्रिलमा कार्नीले निर्वाचनमा सफलता पाएपछि यी दुई नेताबीच पहिलो भेट भएको हो ।

गत महिना भएको निर्वाचनमा सफलता पाएका कार्नीले आफू ट्रम्पसँग नझुक्ने बताएका थिए ।

ओभल अफिसमा भएको भेटवार्तामा ट्रम्पले क्यानडा ५१औँ राज्य बनाउन गरेको प्रस्तावमा जवाफ दिँदै कार्नीले आफ्नो देश बिक्रीका लागि नभएको बताएका थिए ।

वार्ताको सुरुवातमा ट्रम्पले कार्नीलाई एकदमै प्रतिभाशाली भएको तथा कार्नीले पनि ट्रम्पलाई परिवर्तनकारी नेताको रूपमा प्रशंसा गरेका थिए ।

वार्तामा क्यानडा अमेरिकालाई दिन ट्रम्पले गरेको प्रस्ताव कार्नीले अस्वीकार गरे पछि अल्मुनियम र स्टिललगायत क्यानडाका सामान आवश्यक नपर्ने भन्दै कर लगाउने कुरामा आफू अडिग रहने ट्रम्पले बताएका थिए । उनले अमेरिका आफैँ पनि सबै निर्माण गर्न सक्षम रहेको बताए ।

ट्रम्पले वार्ताको क्रममा क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रेडेउको समेत आलोचना गरेका थिए ।

वार्तापछि अमेरिकास्थित क्यानडाको दूतावासमा पत्रकार भेटघाटमा बोल्दै कार्नीले अमेरिकासँगको छलफलमा धेरै जटिलता रहेको बताए ।

क्यानडालाई ५१ औ राज्य बनाउने प्रस्तावको विषयमा कार्नीले पत्रकार सम्मेलनमा भने यो दुई सार्वभौम देशको बीचमा भएको वार्तालाई ट्रम्पले बिर्सन नहुने बताए ।

ट्रम्पले क्यानडाको सामानमा २५ प्रतिशत कर लगाएका छन् । केही कर भने वार्ताका लागि भन्दै स्थगित गरेका छन् । खासमा अमेरिकाले लगाएको करमा दुई देशको बीचमा ठोस सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ४० बजे

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी