पाकिस्तानी सेनाको ब्यारेकमा आक्रमण गरिएको छैन : भारत « Khabarhub

पाकिस्तानी सेनाको ब्यारेकमा आक्रमण गरिएको छैन : भारत


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय सेनाले मङ्गलबार राति पाकिस्तानमा भएको हवाई आक्रमणमा आतङ्ककारी ठेगानाहरूलाई मात्रै लक्षित गरिएको स्पष्ट पारेको छ ।

भारतीय सेनाका अनुसार कुनै पनि पाकिस्तानी सैनिक आधार शिविर र ब्यारेकमाथि आक्रमण गरिएको छैन ।

भारतीय सेनालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएअनुसार पाकिस्तान अधिनस्थ कश्मिरस्थित जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबका सेल्टरलाई मात्रै लक्ष्य बनाएर हवाई आक्रमण गरिएको छ ।

कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणमा एकजना नेपाली नागरिकसहित २६ जना पर्यटक मारिएका थिए ।

त्यसबेला चरमपन्थीले धर्म सोध्दै गोली प्रहार गरेका थिए । यस हमलाको जिम्मा सुरुमा लश्कर–ए–तैयबको संगठन द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लिएको थियो । तर पछि यो समूह उक्त घटनाको जिम्मेवारी लिनबाट पन्छिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ४६ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा