पाकिस्तानी सेनाको ब्यारेकमा आक्रमण गरिएको छैन : भारत « Khabarhub

पाकिस्तानी सेनाको ब्यारेकमा आक्रमण गरिएको छैन : भारत


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय सेनाले मङ्गलबार राति पाकिस्तानमा भएको हवाई आक्रमणमा आतङ्ककारी ठेगानाहरूलाई मात्रै लक्षित गरिएको स्पष्ट पारेको छ ।

भारतीय सेनाका अनुसार कुनै पनि पाकिस्तानी सैनिक आधार शिविर र ब्यारेकमाथि आक्रमण गरिएको छैन ।

भारतीय सेनालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएअनुसार पाकिस्तान अधिनस्थ कश्मिरस्थित जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबका सेल्टरलाई मात्रै लक्ष्य बनाएर हवाई आक्रमण गरिएको छ ।

कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणमा एकजना नेपाली नागरिकसहित २६ जना पर्यटक मारिएका थिए ।

त्यसबेला चरमपन्थीले धर्म सोध्दै गोली प्रहार गरेका थिए । यस हमलाको जिम्मा सुरुमा लश्कर–ए–तैयबको संगठन द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लिएको थियो । तर पछि यो समूह उक्त घटनाको जिम्मेवारी लिनबाट पन्छिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ४६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका