भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी « Khabarhub

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा  ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् । पाकिस्तानी सेनाले भने पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको छ ।

भारतीय सेनालाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार एउटा फाइटर जेट भारत अधिनस्थ कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ ।

दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को फाइटर जेट पञ्जाबमा खसेको छ ।  उक्त फाइटर जेट पञ्जाबको बठिन्डामा खसेको हो  । यी फाइटर जेट पाकिस्तानले खसाएको या दुर्घटनामा परेको भने खुलेको छैन ।

भारतीय एयर फोर्सका अधिकारीहरूले भने कि भारतीय फाइटर जेट खसेको पुष्टि गरिसकेका छैनन् । बरु पाकिस्तानी जेएफ–१७ फाइटर जेट खसेको हुन सक्ने उनीहरूको तर्क छ ।

तर पाकिस्तान र पीओकेका चरमपन्थी शिविरमा आतङ्ककारी शिविरहरूमा भारतको एयर स्ट्राइकपछि जम्मु–कश्मीरमा तीन र पञ्जाबमा एउटा फाइटर जेट खसेको समाचार छापेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : ४५ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २