आर्थिक चलखेलको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण « Khabarhub

आर्थिक चलखेलको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले बोर्डका अध्यक्षलाई जोडेर आर्थिक चलखेलसँग सम्बन्धित सूचना तथा समाचारमा ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा तथ्यहीन, आधारविहीन, कपोलकल्पित र भ्रामक आरोप लगाउँदै प्रकाशित समाचारमा ध्यानाकर्षण भएको जनाएको हो ।

साथै बोर्डले पुँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँगै अत्तालिएर नियोजित रूपमा प्रायोजित सामग्रीको सम्प्रेषणले नियामक निकायको छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने विषयलाई निरुत्साहित पार्न खोजेको जनाएको छ ।

बोर्डले विज्ञप्तिमा भनेको छ– ‘यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनैपनि प्रकारको आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराइदिनु भएमा सम्बन्धित उपर आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ११ : २० बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा