कोशी प्रदेशसभाको सातौँ अधिवेशन जेठ ४ गतेदेखि प्रारम्भ हुने « Khabarhub

कोशी प्रदेशसभाको सातौँ अधिवेशन जेठ ४ गतेदेखि प्रारम्भ हुने


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशसभाको सातौँ अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ ।  

बुधबार विराटनगरमा बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।

यस्तै बैठकले स्थानीय सरकार सेवा गठन तथा सञ्चालन नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ भने कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

यसैगरी कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका –२०८२ स्वीकृत गर्ने निर्णय गरेको भण्डारीले जानकारी दिए । 

साथै  वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई धन्यवाद दिने प्रस्ताव बैठकले पास गरेको उनले बताए ।


 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : १८ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २