लागूऔषध कारोबारमा संलग्न तीन जना पक्राउ « Khabarhub

लागूऔषध कारोबारमा संलग्न तीन जना पक्राउ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– प्रहरीले धरानका विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषधसहित दुइजनाई पक्राउ गरेको छ । मंगलबार पक्राउ गरेपनि थप अनुसन्धानपछि उनीहरूलाई बुधबार मात्र सार्वजनिक गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका-३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नम्बर ३ बाट ३१ वर्षीय निखिल भनिने वसन्त राजवंशी लागूऔषधसहित पक्राउ परेका हुन् । 

राजवंशीको स्थायी ठेगाना भने कैलालीको धनगढी रहेको प्रहरीले जनाएको छ । लागूऔषध ओसार पसार र बिक्री वितरण गर्नका लागि उनले धरान रोजेको प्रहरीले जनाएको छ । उनका साथबाट ३ सय ७० स्पास्मो प्रोक्सिवन क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी सोही साँझ धरान–८ स्थित सभागृह नजिकैको घरमा छापा मार्दा ३८ वर्षीय मनोज बिक पक्राउ परेका छन् । 

बिकको कोठाबाट ८ सय ९२ स्पास्मोप्रोक्सिभन क्याप्सुल, ४० बोतल कोडिनयुक्त सिरप बरामद गरेको प्रहरीले जनाएको छ । स्पाज्मो प्रोक्सिवन औषधी नेपालमा प्रतिबन्ध लगाइएको छ । यो अति दुखाई भएको बेला चिकित्सकले निगरानीमा सेवन गर्ने औषधी हो । यसले शरीरको नशालाई संवेदनाहीन बनाउँछ ।

यसअघि प्रहरीले बैशाख २२ गते दिउसो धरान–४ पत्रङ्बारीस्थित लामाचौर अस्थायी प्रहरी चौकीको गस्ती टोलीले १५ किलो गांजासहित धनकुटाको चौविसे–३ बस्ने १९ वर्षीय सुजन राईलाई पक्राउ गरेको थियो । धनकुटाबाट धरान तिर आइरहेको बा ४२ प ९८३६ नम्बरको मोटरसाइकल रोकेर चेकजांज गर्दा तयारी गांजा रातो जेब्रा झोलामा लुकाएर ल्याएको अवस्थामा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका तीनै जनालाई धरानस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा  राखी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ३८ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम