पाँच करोड लगानीमा दोबामा ‘एक घर, एक धारा’, २२ घरपरिवार लाभान्वित « Khabarhub

पाँच करोड लगानीमा दोबामा ‘एक घर, एक धारा’, २२ घरपरिवार लाभान्वित


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५-७६ देखि शुरु भएको योजना सात वर्षमा सम्पन्न भएको हो।

करिब पाँच करोड लगानीमा चार वटा योजनामा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका कार्यालयका प्रमुख सिनियर डिभिजनल प्रमुख झलकमोहन ओझाले जानकारी दिए । 

उनका अनुसार चालु आर्थिक वर्षमा बिनियोजन भएको २० लाख बाहेक गत आर्थिक वर्षसम्म उक्त योजना निर्माणमा चार लाख ६७ लाख ९६ हजार खर्च भएको छ । पर्याप्त बजेट बिनियोजन नहुँदा योजना निर्माण गर्न सात वर्ष लागेको हो । 

गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ टंकीमा संकलन गरेर पाइपलाइन मार्फत घरघरमा लगेर वितरण गरिएको दोवा खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाले बताए। 

मुहान, टंकी र मुख्य पाइपलाइनको भौतिक संरचना निर्माणमा सघाएको कार्यालयले मुख्य पाइपलाई निर्माण गरेको हो । शाखा पाइपलाइन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाएका हुन् । 

योजनालाई व्यवस्थित र दीर्घकालीन रुपमा सञ्चालन गर्न प्रत्येक धारामा मिटर जडान गरेर न्यूनतम शुल्क निर्धारण गरिएको उपभोक्ता समितिका पूर्व अध्यक्ष डमबहादुर पुर्जाले बताए।

अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीप गर्बुजाका अनुसार औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो । आयोजना निर्माण भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका उनले बताए। 

स्थानीयबासी तालदेवी पुनले घरकै धारामा पानी आपुर्ति भएपछि समयको बचत भएको र झन्झट हटेको बताए।

‘पानी लिनका लागि मुहानमा जान, आउन लाग्ने समय र झन्झट हटेको छ,’ उनले भने ‘शुद्ध र सफा पानी भएपछि दुषित पानीका कारण हुने स्वास्थ्य समस्यामा पनि कमी आएको छ ।’ 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ४७ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय