‘जार’ हेरेपछि मनिषाले निर्देशक फुर्वालाई गरिन् ‘सलुट’ ! « Khabarhub

‘जार’ हेरेपछि मनिषाले निर्देशक फुर्वालाई गरिन् ‘सलुट’ !


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख २६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’ को मंगलबार साँझ ललितपुरस्थित एक हलमा प्रिमियर गरिएकाे छ ।

फुर्वा छिरिङ लामा निर्देशित फिल्ममा नायकद्वय सौगात मल्ल, अनुपविक्रम शाही र नायिका गीताञ्जली थापा शीर्ष भूमिकामा छन् । फिल्म कार्यक्रममा विरलै देखिन अनुहारहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नायिका मनिषा कोइराला देखिए ।

‘जार’ साहित्यकार इन्द्रबहादुर राईको कृतिमा आधारित फिल्म हो । फिल्मले दुई सय वर्षअगाडिको कथा उठान गरेको छ ।

प्रिमियर हेरेपछि उपस्थित व्यक्तिहरूले ‘जार’ राम्रो बनेका प्रतिक्रिया दिएका छन् । फिल्मका शीर्ष कलाकार सौगातले आफूलाई ठूलो सन्तुष्टि मिलेको बताए ।

उनले भने, ‘मलाई यस्तो खालको फिल्म गर्न मनपर्छ । एक खालको तिर्खा थियो । मलाई केही सन्तुष्टि पनि मिलेको छ । अहिले चलिरहेको फिल्मभन्दा फरक स्वादको फिल्म बनेको छ ।’

नायिका केकी अधिकारीले राईको कृतिमा आधारित फिल्म साहित्य नजिक रहेको प्रतिक्रिया दिइन् । उनले नायिका गीताञ्जलीको अभिनयको तारिफसमेत गरिन् ।

नायक विपीन कार्कीले इन्द्रबहादुरको कृति पढेका रहेछन् । उनले फिल्मबारे भने, ‘जार मैले पढिसेकेको कथा हो । फिल्म कथा जस्तै बनेको छ । साहित्य जस्तै छ । फिल्म हेर्दा किताब पढिरहेको जस्तो पो लाग्यो ।’

‘जार’लाई उनी हरेक कोणबाट सशक्त फिल्म मान्छन् । नेपाली फिल्मलाई गति दिन यस्ता कन्टेन्टको अवश्यक रहेको उनको बुझाइ छ । उनी थप्छन्, ‘अभिनय र निर्देशनलगायत सबै पक्ष मजबुत छ । यस्तै फिल्म बन्दै गयो भने हामी एउटा गन्तव्यमा पुग्छौं ।’

नायिका मनिषा कोइरालाले ‘यति राम्रो नेपाली फिल्म’ हेर्न पाउँदा गर्व महसुस भएको सुनाइन् । उनको बुझाइमा कुशल निर्देशन र कलाकारको अभिनय क्षमताले ‘जार’ निर्माण भएको छ ।

उनले भनिन्, ‘कति राम्रो फिल्म बनेको छ । मलाई गर्व महसुस भयो ।’ यो प्रतिक्रियापछि निर्देशक फुर्वालाई राम्रो फिल्म बनाएको भन्दै उनले ‘सलुट’ नै गरिन् ।

त्यस्तै, पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले पनि कलाकारको अभिनय र निर्देशक फुर्वाको मिहिनेतका प्रशंसा गरे । नयाँ पुस्तालाई इतिहास बुझ्नका लागि यो फिल्मले सहयोग गर्ने उनको बुझाइ छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १ : २२ बजे

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको