युद्धतिर भारत-पाकिस्तान : दुवैतर्फ एकैदिन कम्तीमा ३६ जनाको मृत्यु « Khabarhub

युद्धतिर भारत-पाकिस्तान : दुवैतर्फ एकैदिन कम्तीमा ३६ जनाको मृत्यु


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतले पाकिस्तान अधिनस्थ कश्मीरमा मंगलबार मध्यराति आक्रमण गरेयता ज्यान गुमाउनेको संख्या कम्तीमा ३६ पुगेको छ।

पाकिस्तानी क्षेत्रबाट गोली हानिँदा ज्यान गुमाउने भारतीयको संख्या १० पुगेको हो । भारतीय सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले प्रकाशित गरेको समाचार अनुसार पाकिस्तानी क्षेत्रबाट भएको आक्रमणका १० जना मारिँदा ३२ जना घाइते भएका छन् ।

भारतीय सेनाका अनुसार, पाकिस्तानले भारत नियन्त्रित जम्मू-कश्मीरको पुंछ जिल्लामा पर्ने भिम्बर क्षेत्रमा तोपबाट गोला हानेको थियो । जुन दुवै देशबीचको वास्तविक नियन्त्रण रेखा (एलओसी) नजिक पर्छ।

उता पाकिस्तानले भने भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको जनाएको छ । मंगलबार राति भएको हवाई हमलाका क्रममा ४६ जना घाइते भएको जानकारी पाकिस्तानी अधिकारीले दिएका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरी बताएअनुसार नियन्त्रण रेखामा भारतीय हवाई आक्रमणका क्रमा २६ जना मारिएका छन्।

भारतले पाकिस्तान नियन्त्रित भूभागमा मिसाइल प्रहार गर्दा एक बालकसहित कम्तीमा २६ जनाको मृत्यु भएको पाकिस्तानले स्वीकारेको छ ।

यद्यपि भारतले भने यी हमला सर्वसाधारणमाथि नगरिएको जिकिर गरेको छ । तर पाकिस्तानले मारिनेहरू सबै सर्वसाधारण भएको जनाएको छ। भारतले पनि पाकिस्तानी सेनाका कुनै पनि संरचनालाई लक्षित गरेर आक्रमण नगरिएको जनाएको छ ।

भारतले गत महिना कश्मीरमा भएको पर्यटक हत्याकाण्डमा संलग्न चरमपन्थीहरूद्वारा प्रयोग गरिएका संरचनालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ।

पाकिस्तानले जवाफी कारबाहीस्वरूप भारतका केही लडाकु विमानहरू खसालिएको दाबी गरेको छ । जसमा दुई विमान भारत-नियन्त्रित कश्मीरको गाउँमा खसेका थिए । भारतीय प्रहरी र स्वास्थ्यकर्मीका अनुसार त्यस क्षेत्रमा पाकिस्तानी गोलाबारीमा कम्तीमा सात सर्वसाधारण मारिएका छन्।

पहलगाममा चरमपन्थी हमलापछि दुई परमाणुशक्ति सम्पन्न छिमेकीबीचको तनाव उच्चतम बिन्दुमा पुगेको छ । भारतले यस हमलाको दोष पाकिस्तानलाई दिएको छ, तर इस्लामाबादले त्यो आरोप अस्वीकार गरिसकेको छ ।

गत महिना कश्मीरमा भएको पर्यटकहरूमाथिको प्राणघातक हमलापछि भारत र पाकिस्तानबीचको सम्बन्ध झन् चिसिएको हो । उक्त घटनामा मारिएका २७ जनामध्ये अधिकांश भारतीय हिन्दुहरू थिए ।

दुवै देशले पहलगाम घटनापछि कूटनीतिज्ञहरू र नागरिकहरूलाई फिर्ता बोलाएका छन् । सिमाना र एकअर्काको हवाई क्षेत्र पनि बन्द गरिुसकेका छन् ।

भारतले मिसाइलहरू पाकिस्तान नियन्त्रित कश्मीर र देशको पूर्वी पञ्जाब प्रान्तका छ स्थानमा प्रहार गरेको थियो ।

जसमा महिलाहरू र बालबालिकासहित कम्तीमा २६ जनाको मृत्यु भएको पाकिस्तानका सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफले बताएका छन्। भारतको रक्षा मन्त्रालयका अनुसार कम्तीमा नौ स्थानलाई निशाना बनाइएको थियो । जहाँबाट भारतमा आक्रमणको योजना बनाइएको आरोप लगाइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय कदमलाई युद्धको घोषणा भनेका छन् । ‘भारतद्वारा थोपरिएको यस युद्धको कदमको जवाफ दिन पाकिस्तानलाई पूर्ण अधिकार छ, हामी बलियो जवाफ दिनेछौँ ।’

तस्बिरहरू : डन अनलाइन

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  २ : २७ बजे

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

राँझा– बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर

ठगीको अभियोगमा पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षयकोष स्थापना

काठमाडौं– चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको

विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत– जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत

तनहुँ– जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा