‘जलाकी’ को छायाङ्कन नसक्दै उपासनाको हातमा ‘सुम्निमा’ « Khabarhub

‘जलाकी’ को छायाङ्कन नसक्दै उपासनाको हातमा ‘सुम्निमा’


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका उपसना सिंह ठकुरीको व्यस्तता बढ्दो छ । गत वर्ष उनको फिल्म ‘खुस्मा’ हिट बन्यो । वर्षको अन्तिममा फिल्म ‘कर्मा’ प्रदर्शनमा आयो । ‘खुस्मा’ हिट हुँदा ‘कर्मा’ भने फ्लप भयो । तर, उपासनाको हातमा फिल्मको कमी छैन ।

‘खुस्मा’ का निर्देशक अशोककुमार थापाको अर्को फिल्म ‘जलाकी’ मा उपासना अनुबन्ध भएकी छन् । फिल्मकाे पहिलो चरणको छायाङ्कन पूरा भएको छ । ‘खुस्मा’ मा रुचाइएको उपासना र धिरजको जोडी दर्शकले ‘जलाकी’ मा पनि देख्न पाउने छन् ।

‘जलाकी’ को छायाङ्कन पूरा नहुँदै उपासनाको हातमा अर्को फिल्म आइपुगेको छ । निर्देशक मिलन चाम्सको नयाँ फिल्म ‘सुम्निमा’ मा उनी अनुबन्ध भएकी हुन् । निर्देशक चाम्सले बुधबार सामाजिक सञ्जालमार्फत् उपासना फिल्ममा आबद्ध भएको जानकारी दिएका हुन् ।

गत फागुनमा प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ हिट भएपछि निर्देशक चाम्सले नयाँ फिल्म बनाउने तयारी थालेका हुन् । यस फिल्ममा शीर्ष कलाकारमा उपासना मात्रै अनुबन्ध भएकी छन् ।

बेलायतमै बस्ने २० देखि २६ वर्ष उमेर समूहको नायकको खोजीमा चाम्स छन् । अडिसनमार्फत् नायक खोज्ने तयारीमा छन् ।

आगामी जुलाईबाट प्रेम कथामा आधारित यस फिल्मको छायाङ्कन सुरु हुने निर्माण पक्षले बताएको छ । यसको छायाङ्कन बेलायतमा हुने बताइएको छ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मका लेखक राजीव थापा हुन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  २ : ४७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान