जैस-ए-मोहम्मदका प्रमुख मसुदको परिवारका १० सहित १४ जनाको मृत्यु  « Khabarhub

जैस-ए-मोहम्मदका प्रमुख मसुदको परिवारका १० सहित १४ जनाको मृत्यु 


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले गरेको सैन्य कारबाहीमा पाकिस्तानी चरमपन्थी संगठन जैस-ए-मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु भएको छ । 

जैस-ए-मोहम्मदले बुधबार बयान जारी गर्दै भारतीय सैनय कारबाहीमा संगठन प्रमुख मसुदकी दिदी-भिनाजु, भतिजा-भतिजीसहित परिवारका पाँच बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । 

उक्त संगठनले उक्त आक्रमणमा मसुद अजहरका तीन सहयोगी र ती सहयोगी मध्येका एक सहयोगीकी आमाको पनि मृत्यु भएको बीबीसी हिन्दीको अनलाइन संस्करणमा समाचार छ । 

बीबीसीका अनुसार पाकिस्तानको बहावलपुरमा सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा परी मसुद अजहरका नातेदारहरूको मृत्यु भएको हो । 

सन् २०१९ पेब्रअरीमा जैस-ए-मोहम्मदले जम्मु-कश्मिरमा गरेको आत्मघाती बम विष्फोटमा ४० भारतीय सैनिकको मृत्यु भएको थियो । 

बुधबार बिहान भारतीय सेनाका कर्णेल सोफिया कुरेसीले ‘प्रेस ब्रिफिङ’का क्रममा भारतीय सशस्त्र बलले मे ६–७ को राती १ बजेर ५ मिनेटपछि साढे १ घण्टा ‘अपरेसन सिन्दुर’ सञ्चालन गरेको थियो । 

पाकिस्तानले उक्त आक्रमणमा २६ पाकिस्तानी नागरिकको मृत्यु र ४६ नागरिक घाइते भएका पुष्टि गरेको छ । भारतले पनि नियन्त्रण रेखामा सीमा पारीबाट भएको आक्रमणबाट १० भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएका जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  २ : ३३ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २