शेयर बजारमा उछाल, एकैदिन ६२ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा उछाल, एकैदिन ६२ अंकले बढ्यो नेप्से


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । आज एकैदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुगेको छ । आज नेप्से २.३८ प्रतिशतले बढ्दा कारोबारमा पनि उछाल आएको हो । 

आज एकै दिन १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर कारोबार भएको छ । 
आज २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । 

आज बजारमा उछाल आउँदा ३०८ वटा कम्पनी कारोबारमा आउँदा ९९ हजार २०५ पटक शेयर किनबेच भएको छ । 

बजारमा उछाल आउँदा सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.४७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.५३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : ४६ बजे

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि संयोजक प्रचण्डको अपिल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यही

सुडी समाज काठमाडौंले मनायो होली

काठमाडौं– सुडी समाज काठमाडौँले आज यहाँ फागु अर्थात् होली पर्व हर्षोल्लासका

चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल

काठमाडौं– विसं २०८३ का तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वमा एकरुपता

इरानी आक्रमणबाट कुवेतमा एक जनाको मृत्यु, ३२ घाइते

कुवेत- इरानको आक्रमणमा कुवेतमा पनि एकजनाको ज्यान गएको छ। कुवेतको