भारतीय शीर्ष कूटनीतिज्ञलाई बोलाएर के भन्यो पाकिस्तानले ? « Khabarhub

भारतीय शीर्ष कूटनीतिज्ञलाई बोलाएर के भन्यो पाकिस्तानले ?


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले भारतका एक शीर्ष कूटनीतिज्ञलाई बोलाएर भारतले गरेको हवाई आक्रमणको विरोध गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले बयान जारी गर्दै भारतका एक शीर्ष कूटनीतिज्ञलाई बोलाएर गएराति पाकिस्तानमा गरिएको हवाई आक्रमणको विरोध गरेको हो ।

पाकिस्तानले एक शीर्ष भारतीय कूटनीतिज्ञलाई बोलाएर भारतको हवाई आक्रमणप्रति कडा विरोध दर्ज गरेको बीबीसी हिन्दीको अनलाइन संस्करणमा समाचार प्रकाशित छ । बयानमा आक्रमणबाट महिला र बालबालिकासहित कयौँ नागरिक मारिएको उल्लेख छ । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय कूटनीतिज्ञसँग हवाई आक्रमण पाकिस्तानको सम्प्रभुताको स्पष्ट उल्लंघन भएको बताएको छ ।

पाकिस्तानले आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र र दुई देशबीचको सम्बन्धलाई नियन्त्रण गर्ने परम्पराको पनि उल्लंघन भनेको छ ।

बयानमा पाकिस्तानले भारतलाई यस प्रकारको गैरजिम्मेवार व्यवहारले क्षेत्रीय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गर्ने चेतावनीसमेत दिइएको बीबीसीले जनाएको छ ।

समाचारमा पाकिस्तानी विदेश मन्त्रालयले बोलाएका ती भारतीय कूटनीतिज्ञको नाम भने खुलाइएको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : ०२ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम