ताप्लेजुङपछि पर्वतमा एमालेनिकट युवा संघका कार्यकर्ताबीच टाउको फोडाफोड | Khabarhub Khabarhub

ताप्लेजुङपछि पर्वतमा एमालेनिकट युवा संघका कार्यकर्ताबीच टाउको फोडाफोड

धनुषामा अधिवेशनस्थलमै भिडेका थिए एमाले कार्यकर्ता


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

पोखरा- सत्तारूढ नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीकै एकछत्र राज छ । एमालेमा अहिले उनीबाहेक अरू कसैको गुट छैन ।

तर, ओलीकै एकछात्र राज हुँदा पनि जिल्ला जिल्लामा एमाले र भ्रातृसंगठनका कार्यकर्ताबीच टाउको फोडाफोड हुन थालेको छ।

मंगलबार मात्रै एमाले धनुषाको अधिवेशनमा रघुवीर महासेठ र उमाशंकर अरगरियाको गुटबीच कुटाकुट भएको थियो । नेतृत्व हत्याउन भएको होडबाजीका क्रममा धनुषाको अधिवेशनस्थलमै दुई पक्ष भिड्दा केही घाइते भएका थिए ।

धनुषा प्रकरण सेलाउन नपाउँदै एमाले पर्वतको पार्टी कार्यालयमै भ्रातृसंगठन युवा सङ्घ नेपालका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

उक्त झडपमा एणमाले गण्डकी प्रदेशका सदस्य अर्जुन पौडेल ‘निर्जन’र युवा संघका नेता ध्रुव श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वतस्थित शान्तिदीप अस्पतालमा उपचार जारी छ ।

पर्वतमा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र पूर्वमन्त्री पदम गिरीको समूहबीच लामो समयदेखि घमासान चलेको छ ।

तिमल्सिना कुनै पनि हालतमा गिरीलाई माइनस गर्न चाहन्छन् । तर यसअघि भएको एमालेको जिल्ला अधिदेवशनमा गिरी समूहले वर्चस्व बनाएको थियो ।

एमाले जिल्ला कमिटीमा आफ्नो समूह पराजित भए पनि तिमल्सिना अझै पनि पकड बनाउन लागिरहेका छन् । त्यसकै परिणामस्वरुप दुई पक्ष भिडेका हुन् ।

नेताहरूका अनुसार पर्वतमा गिरी पक्षले बुधबारका लागि सघंको जिल्ला अधिवेशन राखेको थियो । तर तिमिल्सिना पक्षले अधिवेशन सार्न माग गरेको थियो ।

गिरी पक्षका युवाहरूले अधिवेशन उद्घाटन गरेपछि तिमिल्सिना पक्षीय युवाहरू विरोधमा उत्रिए । त्यहीक्रममा झडप हुँदा टाउको फोडाफोड भएको छ ।

यसअघि गत वैशाख १९ गते युवासंघ नेपाल ताप्लेजुङ जिल्ला अधिवेशनमा पनि भाँडभैलो भएर दुई समूहबीच कुटाकुट भएको थियो ।

केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो । तर विवाद भएका कारण नयाँ समिति चयन प्रक्रिया रोकिएको थियो ।

संघको बन्द सत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीको लागि नाम सूची तयार गरेर अध्यक्षमण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोजिँदा विवाद भएर कुटाकुट भएको थियो ।

बन्द सत्रका क्रममा निर्वाचनका कुनै पनि प्रक्रिया पूरा नगरी संघमा लामो समय काम गरेकाहरूलाई निषेध गरेर विधानविपरीत कमिटी चयन गर्दा विवाद सुरू भएको थियो ।

अधिवेशनको प्रमुख अतिथि बनेर थेवे गृहजिल्लामा जाँदासमेत आतंक मच्चाइएको गुनासो ती प्रतिनिधिले गरेका थिए । त्यसपछि थेवेले नयाँ जिल्ला कमिटी टीके प्रथाबाट घोषणा गरेर जिल्ला छाडेका थिए । ताप्लेजुमा संघको नयाँ कमिटीलाई निर्वाचन मण्डलले शपथसमते नखुवाई हिँडेको थियो ।

धनुषामा यसरी भिडेका थिए एमाले कार्यकर्ता

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : ०९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले