चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग | Khabarhub Khabarhub

चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा दिवङ्गत भएका चलचित्रकर्मीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । सो कोषमार्फत तीन जना बिरामी र एक जना मृतक चलचित्रकर्मीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

‘हामीले यसअघि पनि आवश्यक परेकालाई सहयोग गरिरहेका छौँ । यो हाम्रो दायित्व र कर्तव्य पनि हो । चलचित्रकर्ममा लाग्नुभएकालाई आवश्यक पर्दा सहयोग गर्न नै हामीले कोषको स्थापना गरेका हौँ’, अध्यक्ष डिसीले भने।

उनका अनुसार मस्तिष्कमा रक्तस्राव भई ग्रिनसिटी अस्पतालमा उपचाररत निर्देशक सन्तोष ढकालको परिवारलाई एक लाख रुपैयाँ, दिवङ्गत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको काजक्रियाका लागि परिवारलाई ५० हजार रुपैयाँ, खुट्टा भाँचिएर आराम गरिरहेका कलाकार गोकुल सुवेदीलाई ४० हजार रुपैयाँ र सिरोसिस रोगबाट पीडित प्राविधिक उमेश श्रेष्ठको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

अध्यक्ष डिसी, कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुसाल, सदस्यहरू मोहन निरौला र पुष्कर लामासहितको टोलीले बिरामीहरुको निवास, अस्पताल र मृतकको किरियापुत्री भवनमा पुगेर उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : १३ बजे

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा

गड्डाचौकीमा भारतीय गाडीलाई ‘टाइम कार्ड’

कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर

इरानको परमाणु कूटनीति ‘कठिन मोडमा’

अमेरिका – इरानको आणविक कार्यक्रमको विवाद समाधानका लागि कूटनीतिक प्रयास