जसपा छोड्दा ओलीले स्वागत गरेका राईले एमालेलाई दिलाए पहिलो जित « Khabarhub

जसपा छोड्दा ओलीले स्वागत गरेका राईले एमालेलाई दिलाए पहिलो जित


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाँके–२ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राईको जितसँगै एमालेले खाता खोलेको छ ।

गत माघमा मात्र राई जसपा छोडेर एमाले प्रवेश गरेका थिए । ओलीले माघ ५ गते एमालेमा स्वागत गरेका राईले पार्टीलाई पहिलो जित दिलाएका हुन्। देशभर निरासाजनक परिणाम भाेगिरहेकाे एमालेले यहीबाट विजयको खाता खोलेको हो ।

को हुन् राई ?
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का तत्कालीन महासचिव राई माघ ५ गते मात्र एमालेमा प्रवेश गरेका थिए ।

२०३६ साल कात्तिकमा बाँकेमा जन्मिएका मोहम्मद इश्तियाक राई २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन्।

राई २०६२–६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम प्रवेश गरेका उनी त्यसको दुई वर्षभित्रै पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिव भएका थिए ।

राई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उपेन्द्र यादवको पार्टी फोरमबाट उम्मेदवार भएर बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि २०६८ सालमा श्रम तथा यातायात व्यवस्था मन्त्री बनेका हुन् ।

२०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर केपी ओली नेतृत्वको सरकारका शहरी विकास मन्त्री बनेका थिए । उनी शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा केही महिना भौतिक पूर्वाधार विकास मन्त्री बने ।

राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका मुस्लिम समुदायका राई नेपालगञ्जको शहरी विकास र बाँके जिल्लाको भौतिक पूर्वाधार क्षेत्रमा चर्चित नाम हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : २९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन