चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग « Khabarhub

चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा दिवङ्गत भएका चलचित्रकर्मीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । सो कोषमार्फत तीन जना बिरामी र एक जना मृतक चलचित्रकर्मीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

‘हामीले यसअघि पनि आवश्यक परेकालाई सहयोग गरिरहेका छौँ । यो हाम्रो दायित्व र कर्तव्य पनि हो । चलचित्रकर्ममा लाग्नुभएकालाई आवश्यक पर्दा सहयोग गर्न नै हामीले कोषको स्थापना गरेका हौँ’, अध्यक्ष डिसीले भने।

उनका अनुसार मस्तिष्कमा रक्तस्राव भई ग्रिनसिटी अस्पतालमा उपचाररत निर्देशक सन्तोष ढकालको परिवारलाई एक लाख रुपैयाँ, दिवङ्गत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको काजक्रियाका लागि परिवारलाई ५० हजार रुपैयाँ, खुट्टा भाँचिएर आराम गरिरहेका कलाकार गोकुल सुवेदीलाई ४० हजार रुपैयाँ र सिरोसिस रोगबाट पीडित प्राविधिक उमेश श्रेष्ठको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

अध्यक्ष डिसी, कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुसाल, सदस्यहरू मोहन निरौला र पुष्कर लामासहितको टोलीले बिरामीहरुको निवास, अस्पताल र मृतकको किरियापुत्री भवनमा पुगेर उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : १३ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त