साना विमानस्थलमा इजरायली आक्रमण, ५० करोड डलरको क्षति « Khabarhub

साना विमानस्थलमा इजरायली आक्रमण, ५० करोड डलरको क्षति


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

एजेनसी– यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले गरेको आक्रमणले ५० करोड अमेरिकी डलरबराबरको क्षति भएको विमानस्थलका महानिर्देशकलाई उद्धृत गरी हुथी सञ्चारमाध्यमले जनाएका छन् । 

इजरायली आक्रमणमा ‘गम्भीर क्षति’ भएपछि विमानस्थलले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगन गरेको निर्देशक खालिद अल शैफले बताएका छन् ।

आइतबार तेल अभिभको बेन गुरियन विमानस्थल नजिकै हुथी क्षेप्यास्त्र प्रहार भएको बदलामा इजरायलले सानास्थित विमानस्थलमा आक्रमण गरेको थियो ।

‘साना विमानस्थलमा इजरायली आक्रमणका कारण करिब ५० करोड अमेरिकी डलरको क्षति भएको छ,’ विमानस्थलका महानिर्देशक खालिद अल शैफले यमनी विद्रोही निकट मानिने अल–मसिराह टेलिभिजनसँग बताए। 

‘शत्रुले साना विमानस्थलका टर्मिनलहरू ध्वस्त पारिदिएको छ, जसमा सबै उपकरण र सामग्रीहरू समावेश छन्,’ उनले भने, ‘गोदाम पनि ‘पूर्ण रूपमा भ्वस्त’ गरिएको छ।’
 
यमेनिया एयरवेजका तीन वटा विमान जलेको र छ वटामा आंशिक क्षति पुगेको उनले बताए। 
 
उनले भने, ‘अस्थायी रुपमा विमानस्थल खोल्ने विकल्पहरू छन् र यसलाई पुनर्स्थापना गर्न र पुनः सञ्चालन गर्न हामीलाई लामो समय चाहिएको छ ।’

सन् २०२२ मा छ वर्षको अन्तरालपछि सानाको विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पुनः खोलिएको थियो, जसले जोर्डनको राजधानी अम्मानलाई नियमित रूपमा यमनिया एयरलाइनमा नियमित सेवा प्रदान गरेको थियो।

सानाबाट उडान भर्नेहरूमा विदेशमा आपतकालीन उपचारको खोजीमा रहेका यमनीहरू पनि सामेल छन्। हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले भने, ‘यो आक्रमणले ‘उपचारका लागि विदेश जानुपर्ने बिरामीका लागि मानवीय पीडा बढाउनेछ’ र स्वास्थ्य सामग्री ल्याउन कठिन हुन सक्छ।’

मंगलबार हुथी विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्धविरामका लागि सहमति भएको र यसले रेड सीमा जहाजको स्वतन्त्रता सुनिश्चित गर्ने मध्यस्थ ओमानले जनाएको छ । घोषणा गरिएको सम्झौतामा इजरायलको बारेमा उल्लेख गरिएको छैन, हुथी विद्रोहीहरूले मङ्गलबारको आक्रमणको उचित जवाफ दिने बताएका छन् । 

हुथी विद्रोहीहरूले सन् २०२३ को अन्त्यदेखि रेड सी र एडेनको खाडीमा इजरायल र व्यापारिक जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : २२ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि