भारतीय विदेशसचिव भन्छन्- ‘अपरेशन सिन्दूर’ पाकिस्तान र चरमपन्थीहरूलाई गतिलो पाठ « Khabarhub

भारतीय विदेशसचिव भन्छन्- ‘अपरेशन सिन्दूर’ पाकिस्तान र चरमपन्थीहरूलाई गतिलो पाठ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका विदेशसचिव विक्रम मिस्रीले बुधबार आयोजित विशेष पत्रकार सम्मेलनमा ‘अपरेशन सिन्दूर’बारे जानकारी दिएका छन् ।

उनले पाकिस्तानबाट सञ्चालित आतङ्कवादी संगठनका पूर्वाधारहरूमाथि गरिएको सैन्य कारबाहीबारे विस्तृतमा बताएका हुन् ।

विदेश सचिवले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणलाई भारतमाथिको ठूलो प्रहार भन्दै यसमा संलग्नहरूलाई न्यायको कठघरामा ल्याउनु आवश्यक रहेको बताएका छन्।

लश्कर–ए–तैयबासँग सम्बद्ध ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले घटनाको जिम्मा लिएको थियो । जसले एक नेपाली नागरिकसहित २६ निर्दोष पर्यटकको ज्यान लिएको थियो।

विदेश सचिवका अनुसार, पीडितहरूलाई अत्यन्त नजिकबाट गोली हानी हत्या गरिएको थियो । त्यस कार्य परिवारका सदस्यकै अगाडि गरेर मानसिक त्रास फैलाउने प्रयास गरिएको थियो। ‘यो हमला जम्मू-कश्मीरमा फर्किरहेको सामान्य अवस्था र पर्यटन उद्योगलाई क्षति पुर्‍याउने नियोजित प्रयास थियो,’ मिस्रीले भने ।

विदेश सचिवले भारतले यो घटनाको जवाफ दिने आफ्नो अधिकार प्रयोग गरेको बताए । ‘अपरेशन सिन्दूर’अन्तर्गत पाकिस्तानमा रहेका चरमपन्थीका पूर्वाधारलाई लक्षित गर्दै सटीक, सीमित र जिम्मेवारपूर्ण कारबाही गरिएको उनले जानकारी दिए। कारबाहीको उद्देश्य भारतविरुद्ध योजना बनाइरहेका आतंककारी समूहलाई ध्वस्त पार्नु र थप आक्रमण रोक्नु रहेको छ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि पहलगाम घटनाको निन्दा गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन आह्वान गरिसकेको उल्लेख गर्दै मिस्रीले भने, ‘भारतको कारबाही उक्त अन्तर्राष्ट्रिय आग्रह अनुरूप नै हो ।’

पत्रकार सम्मेलनमा सेनाका वरिष्ठ अधिकारी कर्णेल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंहले ‘अपरेशन सिन्दूर’ का केही रणनीतिबारे संक्षिप्त जानकारी गराएको विदेश सचिवले जानकारी दिए।

भारतको पछिल्लो कदम पाकिस्तानको सीमापार आतङ्कवादविरुद्ध कडा सन्देशका रूपमा लिइएको उनले बताए । विश्लेषकहरूले यसलाई भारतको बदलिँदो सुरक्षा रणनीतिको महत्वपूर्ण संकेत भनेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ४२ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८