भारतीय विदेशसचिव भन्छन्- ‘अपरेशन सिन्दूर’ पाकिस्तान र चरमपन्थीहरूलाई गतिलो पाठ « Khabarhub

भारतीय विदेशसचिव भन्छन्- ‘अपरेशन सिन्दूर’ पाकिस्तान र चरमपन्थीहरूलाई गतिलो पाठ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका विदेशसचिव विक्रम मिस्रीले बुधबार आयोजित विशेष पत्रकार सम्मेलनमा ‘अपरेशन सिन्दूर’बारे जानकारी दिएका छन् ।

उनले पाकिस्तानबाट सञ्चालित आतङ्कवादी संगठनका पूर्वाधारहरूमाथि गरिएको सैन्य कारबाहीबारे विस्तृतमा बताएका हुन् ।

विदेश सचिवले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणलाई भारतमाथिको ठूलो प्रहार भन्दै यसमा संलग्नहरूलाई न्यायको कठघरामा ल्याउनु आवश्यक रहेको बताएका छन्।

लश्कर–ए–तैयबासँग सम्बद्ध ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले घटनाको जिम्मा लिएको थियो । जसले एक नेपाली नागरिकसहित २६ निर्दोष पर्यटकको ज्यान लिएको थियो।

विदेश सचिवका अनुसार, पीडितहरूलाई अत्यन्त नजिकबाट गोली हानी हत्या गरिएको थियो । त्यस कार्य परिवारका सदस्यकै अगाडि गरेर मानसिक त्रास फैलाउने प्रयास गरिएको थियो। ‘यो हमला जम्मू-कश्मीरमा फर्किरहेको सामान्य अवस्था र पर्यटन उद्योगलाई क्षति पुर्‍याउने नियोजित प्रयास थियो,’ मिस्रीले भने ।

विदेश सचिवले भारतले यो घटनाको जवाफ दिने आफ्नो अधिकार प्रयोग गरेको बताए । ‘अपरेशन सिन्दूर’अन्तर्गत पाकिस्तानमा रहेका चरमपन्थीका पूर्वाधारलाई लक्षित गर्दै सटीक, सीमित र जिम्मेवारपूर्ण कारबाही गरिएको उनले जानकारी दिए। कारबाहीको उद्देश्य भारतविरुद्ध योजना बनाइरहेका आतंककारी समूहलाई ध्वस्त पार्नु र थप आक्रमण रोक्नु रहेको छ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि पहलगाम घटनाको निन्दा गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन आह्वान गरिसकेको उल्लेख गर्दै मिस्रीले भने, ‘भारतको कारबाही उक्त अन्तर्राष्ट्रिय आग्रह अनुरूप नै हो ।’

पत्रकार सम्मेलनमा सेनाका वरिष्ठ अधिकारी कर्णेल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंहले ‘अपरेशन सिन्दूर’ का केही रणनीतिबारे संक्षिप्त जानकारी गराएको विदेश सचिवले जानकारी दिए।

भारतको पछिल्लो कदम पाकिस्तानको सीमापार आतङ्कवादविरुद्ध कडा सन्देशका रूपमा लिइएको उनले बताए । विश्लेषकहरूले यसलाई भारतको बदलिँदो सुरक्षा रणनीतिको महत्वपूर्ण संकेत भनेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ४२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका