बालमन्दिरको जग्गा हिनामिना : तत्कालीन अध्यक्ष वैद्यसहित १७ जनाविरुद्ध मुद्दा, ६० करोड बिगो दाबी | Khabarhub Khabarhub

बालमन्दिरको जग्गा हिनामिना : तत्कालीन अध्यक्ष वैद्यसहित १७ जनाविरुद्ध मुद्दा, ६० करोड बिगो दाबी


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले थप छानबिनपछि मुद्दा बुझाएको हो ।

उक्त मुद्दामा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्यसहित १७ जनालाई प्रतिवादी बनाइएको छ । यो मुद्दामा भारतीय नागरिकलाई पनि प्रतिवादी बनाइएको छ । सीआईबीले यो मुद्दाका प्रतिवादीविरुद्ध ६० करोडभन्दा बढी रकम मागदाबी गरेको छ।

बाल संगठनले आफ्नो जग्गा सस्तोमा भाडामा दिएको थियो । १७ वर्ष सम्झौता अवधि बाँकी छँदै फेरि थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको भन्दै संगठनका पूर्वपदाधिकारीविरुद्ध ठगी आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा (सीआईबी)मा उजुरी परेको थियो ।

यस मुद्दाका प्रतिवादीमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन सदस्य एवम् श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, तत्कालीन अख्तियार प्राप्त महासचिव श्यामकुमार आले छन् ।

त्यसैगरि तत्कालीन अख्तियार प्राप्त महासचिव सुवाशकुमार पोखरेल, तत्कालीन महासचिव प्रचण्डराज प्रधान, तत्कालीन महासचिव रामकाजी गुरुङ, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाहीविरुद्ध पनि मुद्दा चलाइएको छ ।

त्यसैगरि तत्कालीन उप–कोषाध्यक्ष दीपदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन प्रालि सञ्चालकहरू प्रविणराज जोशी, मुरारीनीधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिवन सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध पनि मुद्दा चलेको छ ।

यस प्रकरणमा भारतको कर्नाटक राज्यस्थित बेंगलुरूका कीर्तिप्रसाद पाण्डेविरुद्ध पनि मुद्दा चलाइएको छ । उनी बाल मन्दिर हाताभित्र सञ्चालित बृहस्पति विद्या सदनका सञ्चालक हुन् । उनले सञ्चालन गरेको राई स्कुलले पनि बालमन्दिरको जमिन हडपेको छ । पाण्डे नेपालमा बसोबासरत भारतीय नागरिकको एक संस्थाका अध्यक्षका रुपमा रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : १८ बजे

कर्ण थापाले भने- म ओली विरोधी होइन्, पार्टीभित्र खुला र स्वस्थ बहस आवश्यक छ

धनगढी – नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले

रूपन्देही–३ मा उपनिर्वाचन : कांग्रेस, एमाले र राप्रपाका उम्मेदवार को ?

काठमाडौँ – सत्ता साझेदार दुई दल नेपाली काङ्ग्रेस र नेकपा

गाजामा भएको इजरायली आक्रमणमा ३९ जना प्यालेस्टिनी मारिए

एजेनसी– उत्तरी, मध्य र दक्षिणी गाजा पट्टीका धेरै क्षेत्रहरूमा इजरायलले

सिने ब्रिफ : प्रदीप र अनमोललाई पछि पारे ‘माग्ने बूढा’ले, एक्सनमा समीक्षा र एलिना

हेडलाइन…ग्रस कलेक्सन १ करोड छुनै नेपाली फिल्मलाई सकस, १० मध्ये

पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट फर्कियौँ : प्रचण्ड

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल