बालमन्दिरको जग्गा हिनामिना : तत्कालीन अध्यक्ष वैद्यसहित १७ जनाविरुद्ध मुद्दा, ६० करोड बिगो दाबी « Khabarhub

बालमन्दिरको जग्गा हिनामिना : तत्कालीन अध्यक्ष वैद्यसहित १७ जनाविरुद्ध मुद्दा, ६० करोड बिगो दाबी


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले थप छानबिनपछि मुद्दा बुझाएको हो ।

उक्त मुद्दामा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्यसहित १७ जनालाई प्रतिवादी बनाइएको छ । यो मुद्दामा भारतीय नागरिकलाई पनि प्रतिवादी बनाइएको छ । सीआईबीले यो मुद्दाका प्रतिवादीविरुद्ध ६० करोडभन्दा बढी रकम मागदाबी गरेको छ।

बाल संगठनले आफ्नो जग्गा सस्तोमा भाडामा दिएको थियो । १७ वर्ष सम्झौता अवधि बाँकी छँदै फेरि थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको भन्दै संगठनका पूर्वपदाधिकारीविरुद्ध ठगी आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा (सीआईबी)मा उजुरी परेको थियो ।

यस मुद्दाका प्रतिवादीमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन सदस्य एवम् श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, तत्कालीन अख्तियार प्राप्त महासचिव श्यामकुमार आले छन् ।

त्यसैगरि तत्कालीन अख्तियार प्राप्त महासचिव सुवाशकुमार पोखरेल, तत्कालीन महासचिव प्रचण्डराज प्रधान, तत्कालीन महासचिव रामकाजी गुरुङ, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाहीविरुद्ध पनि मुद्दा चलाइएको छ ।

त्यसैगरि तत्कालीन उप–कोषाध्यक्ष दीपदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन प्रालि सञ्चालकहरू प्रविणराज जोशी, मुरारीनीधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिवन सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध पनि मुद्दा चलेको छ ।

यस प्रकरणमा भारतको कर्नाटक राज्यस्थित बेंगलुरूका कीर्तिप्रसाद पाण्डेविरुद्ध पनि मुद्दा चलाइएको छ । उनी बाल मन्दिर हाताभित्र सञ्चालित बृहस्पति विद्या सदनका सञ्चालक हुन् । उनले सञ्चालन गरेको राई स्कुलले पनि बालमन्दिरको जमिन हडपेको छ । पाण्डे नेपालमा बसोबासरत भारतीय नागरिकको एक संस्थाका अध्यक्षका रुपमा रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : १८ बजे

विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का

एटलान्टा- फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को हार बेहोरेपछि इंग्ल्यान्डका

केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)

काठमाडौं– बिहीबार दिउँसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा