भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी– समय र स्थान तोकेर बदला लिन्छौँ « Khabarhub

भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी– समय र स्थान तोकेर बदला लिन्छौँ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- भारतले पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) र अन्य क्षेत्रमा गरेको हवाई कारबाही ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कडा प्रतिक्रिया दिएका छन् ।

उनले पाकिस्तानी संसद्मा बुधबार सम्बोधनका क्रममा आफूहरूको सेनाले भारतका पाँच लडाकु विमान खसालेको बताएका छन् । जसमा फ्रान्समा निर्मित तीनवटा राफेल जेट पनि रहेका उनले बताए ।

प्रधानमन्त्री शरीफले भारतको कारबाहीलाई ‘युद्धको लागि उक्साउने कार्य’ (एक्ट अफ वार) का रूपमा वर्णन गर्दै भने, ‘भारतले कायरतापूर्ण हमला गर्‍यो ।’ उनले कश्मीरको पहलगाममा भएको हमलामा पाकिस्तानको कुनै संलग्नता नरहेको पनि दाबी गरे।

शहबाजका अनुसार पाकिस्तानले भारतको जवाफी कारबाहीमा पाँच लडाकु विमान खसाल्न सफल भएको छ । जसमा तीन राफेल विमान छन् । उनले बताए अनुसार पाकिस्तानी सेना धेरै दिनदेखि तयारी अवस्थामा रहेकाले भारतको हमला रोक्न सक्षम भएको छ ।

‘यो कुराले प्रमाणित गर्छ कि पाकिस्तान आफ्नो आकाशीय सुरक्षा गर्न सक्षम छ । शत्रुको विमानलाई समुन्द्रमा खसाल्न पनि तयार छ’, उनले भने ।

यसअघि शहबाज शरीफ राष्ट्रिय सुरक्षा परिषद् (एनएसी) को बैठकमा सहभागी भए । जहाँ भारतको कारबाहीलाई पाकिस्तानको सम्प्रभुतामाथि आक्रमणको रूपमा लिइयो । बैठकमा सेनाका प्रमुख, आईएसआई प्रमुख र मन्त्रीहरू सहभागी थिए।

बैठकपछि पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘हामी आफ्नो समय, स्थान र तरिकाअनुसार जवाफ दिने अधिकार सुरक्षित राख्छौँ।’

शहबाजले पाकिस्तानले भारतीय राफेल विमानहरूको सञ्चार प्रणाली (कम्युनिकेशन) लक गरिदिएको दाबी गरे । जसका कारण ती विमानहरू फर्किन बाध्य भएका उनको तर्क छ । ‘भारतका ८० जहाजले पाकिस्तानका ६ शहरमाथि हमला गरे, जसमा पीओकेका दुई इलाका पनि छन्। तर पाकिस्तानले उनीहरूको ५ जहाज खसाल्यो ।’

भारतको कारबाही अन्तर्राष्ट्रिय कानुनको उल्लंघन

पाकिस्तानको एनससीले भारतलाई जानबुझेर मानव बासोबास रहेका क्षेत्रहरूमा हमला गरेको आरोप लगाएको छ । उसले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ। परिषद्ले क्षेत्रीय तनाव बढ्नुमा पूर्ण रूपमा भारत नै जिम्मेवार रहेको ठहर गरेको छ।

भारतीय वायुसेनाले मंगलबार राति १ बजे पाकिस्तान र पीओकेभित्र नौ वटा स्थानमा हमला गरेको थियो । यस कारबाहीमा १०० भन्दा बढी आतङ्ककारी मारिएको भारतीय पक्षको दाबी छ।

यस कारवाहीलाई ‘अपरेशन सिन्दूर’ भनिएको छ। जुन नाम पहलगाम हमलामा मारिएका भारतीय सुरक्षाकर्मीहरूका श्रीमतीहरूको प्रतीकस्वरूप राखिएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ०१ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक