अभिनेत्री कोइरालाले भनिन् : नेपाली चलचित्र स्तरीय बन्न थालेका छन् « Khabarhub

अभिनेत्री कोइरालाले भनिन् : नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताएका छन् । चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरेपछि प्रतिक्रिया दिँदै उनले चलचित्रको ‘मेकिङ’, छायाङ्कन, पाश्र्वसङ्गीत, रङ्ग संयोजनलगायतका प्राविधिक विधाको तारिफ गरिन् ।

“मलाई गर्व लाग्छ की हामीले पछिल्लो समय एकपछि अर्को राम्रो चलचित्र बनाएका छौँ । यी चलचित्रले नेपालको कुनै एक कालखण्डको दस्तावेजसँगै साहित्य र चलचित्रलाई एक आपसमा जोडेको छ । कलाकारको काम प्रसंशायोग्य छ”, उनले भनिन्, “यसको छायाङ्कन, पाश्र्वसङ्गीत, निर्देशन हेर्दा हामी विश्वका चलचित्र भन्दा कमजोर छैनौं भन्ने लाग्छ ।”

साहित्यकार इन्द्रबहादुर राईको कथालाई चलचित्रमा न्यायपूर्ण तरिकाले प्रस्तुत गरेको अभिनेत्री कोइरालाले बताइन् । निर्देशक फुर्वाछिरिङ लामाले कथा पढेकालाई चलचित्र हेर्दा नबिझाउने किसिमले निर्माण गरिएको गरिएको बताइन् ।

“मैले यसलाई चार वर्ष लगाएर तयार गरेको हुँ । सबैले रुचाएको कथालाई चलचित्रमा प्रस्तुत गर्न मैले सक्दो कोसिस गरेको छु”, निर्देशक लामाले भने ।

चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही, अभिनेत्री गिताञ्जली थापा केन्द्रीय भूमिकामा छन् । अभिनेता शाहीले आफूले प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल प्राप्त भएको आभास भएको बताए ।

“मैले कलाकारिताको यात्रामा यस्तो मेहनत कुनै चलचित्रमा गरेको थिइँन । किनकि यो सबैको प्रिय कथा थियो र त्यो पात्रलाई पाठकले ‘इम्याजिन’ गर्नुभएकै रुपमा प्रस्तुत गर्नुथियो । अर्को तर्फ म अभिनेता मल्लसँग काम गर्दै थिएँ, जो अभिनयमा अब्बल हुनुहुन्छ”, उनले भने ।

दुईसय वर्षअघिको नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित उक्त चलचित्र यही वैशाख २६ देखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ०५ बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्