रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा « Khabarhub

रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा इन्स्टाग्राममार्फत उनले टेस्ट क्रिकेट करिअरलाई अन्त्य गरेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘म यो भन्न चाहन्छु की टेस्ट क्रिकेटबाट सन्यास लिएको छ । भारतीय जर्सीमा टेस्ट क्रिकेट खेल्न पाउँदा गर्व महसुस गरेको छ । देशको प्रतिनिधित्व गर्नु मेरा लागि ठूलो सम्मान हो ।’ उनले एकदिवसीय क्रिकेट भने खेल्ने छन् ।

३८ वर्षीय शर्मा भारतीय क्रिकेट टोलीका सफल कप्तान मध्ये एक हुन् । उनले भारतका लागि ६७ टेस्ट खेलेका छन् । जसमा चार हजार ३०१ रन बनाएका छन् । यसमा १२ शतक र १८ अर्धशतक सामेल छन् । उनले सन् २०१३ मा वेस्ट इन्डिजविरुद्ध भारतका लागि टेस्टमा डेब्यु गरेका थिए ।

शर्माले पहिलो र दोस्रो टेस्टमा लगातार शतक बनाएका थिए । यसअघि रोहितले विश्वकप जितेपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ५२ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ