चेन्नई र कोलाकाताको खेलमा बम बिस्फोट गर्ने धम्की, सुरक्षा सतर्कता बढाइयो « Khabarhub

चेन्नई र कोलाकाताको खेलमा बम बिस्फोट गर्ने धम्की, सुरक्षा सतर्कता बढाइयो


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ५७ औं खेलमा अहिले कोलकोता नाइट राइडर्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

इडेन गार्डेन क्रिकेट रंगशालामा जारी खेलमा अहिले चेन्नईले जबाफी ब्याटिङ गरिरहेको छ । कोलाकोताले दिएको १८० रनको लक्ष्य पछ्याई रहेको चेन्नईले मध्यम प्रदर्शन गरिरहेको छ ।

यसैबीच कोलकाता र चेन्नईबीच खेल जारी रहँदा बम बिस्फोट गर्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार क्रिकेट एसोसिएशन अफ बंगालको ईमेलमा बम बिस्फोट गर्ने धम्की आएको हो । एक अज्ञात आईडीबाट खेल भइरहेको इडेन गार्डेन क्रिकेट रंगशालामा बम विस्फोट गर्ने धम्की आएको समाचारमा उल्लेख छ ।

धम्कीपछि कोलकाता प्रहरीले तुरुन्तै अनुसन्धान सुरु गरेको बताइएको छ । रंगशालाको सुरक्षा बढाइएको छ भने बम स्क्वाड र सुरक्षा निकायहरू सतर्क अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) र अन्य क्षेत्रमा गरेको हवाई कारबाही ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेपछि दुई देशबीच तनाव बढिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : ३७ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी