हाम्रा दिदीबहिनीको सिन्दूर मेटाउनेको मेटिने पनि निश्चित हुन्छ : मोदी « Khabarhub

हाम्रा दिदीबहिनीको सिन्दूर मेटाउनेको मेटिने पनि निश्चित हुन्छ : मोदी


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने गुजरात भ्रमणमा गएका छन् । उनले भुजमा सम्बोधन गर्दै भारतमाथि आँखा उठाउने जो कोहीलाई पनि कुनै पनि हालतमा नछोडिने बताए । उनले पाकिस्तानलाई शान्तिपूर्वक बस्न, आफ्नो भागको खाना खान चेतावनी दिँदै नत्र आफ्नो गोली भएकोसमेत बताए ।

यसअघि दाहोदमा प्रधानमन्त्रीले अपरेशन सिन्दूरको बारेमा उल्लेख गरेका थिए । उनले भने, ‘जम्मू कश्मीरको पहलगाममा आतंककारीहरूले १४० करोड भारतीयहरूलाई चुनौती दिएका थिए। हामीले आतंककारी लुक्ने ठाउँहरू पनि ध्वस्त पार्यौं ।’

मोदीले भने, ‘तपाईं नै भन्नुहोस् के यस्तो अवस्थामा मोदी चुप लागेर बस्न सक्छन् ? जब कसैले हाम्रा दिदीबहिनीहरूको सिन्दूर मेटाउँछ, तब उसको मेटिने पनि निश्चित हुन्छ । आतंक फैलाउनेहरूले सपनामा पनि कल्पना गरेका थिएनन् कि मोदीसँग प्रतिस्पर्धा गर्न कति गाह्रो हुनेछ ।’

मोदी सोमबार बिहान पहिले बडोदरा, त्यसपछि दाहोद र त्यसपछि भुज पुगे । उनले तीनै ठाउँमा रोड शो गरे । दाहोद र भुजमा सार्वजनिक सभाहरूलाई सम्बोधन गरे । प्रधानमन्त्रीले भुजमा ५३,४०० करोड भारु बराबरका ३१ वटा परियोजनाहरूको शिलान्यास र ई–उद्घाटन पनि गरे ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ०९ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी