आमिरको फरक रणनीति : ओटीटीमा ‘सितारे जमिन पर’ नआउने, युट्युबमा आउने « Khabarhub

आमिरको फरक रणनीति : ओटीटीमा ‘सितारे जमिन पर’ नआउने, युट्युबमा आउने


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक आमिर खानको महात्वकांक्षी फिल्म ‘सितारे जमिन पर’ जुन २० बाट प्रदर्शनमा आउँदै छ ।

यो फिल्मलाई लिएर दर्शकहरु उत्सुक भएको पाइएको छ । फिल्मका प्रचार सामाग्रीलाई दर्शकहरुले रुचाएका छन् । धेरैले प्रदर्शन मितिको पर्खाइमा रहेको बताएका छन् ।

बलिउडमा यसलाई राम्रो व्यापार गर्न सक्ने फिल्मका रुपमा लिइएको छ । धेरै रेकर्डहरु यस फिल्मले राख्ने अनुमान भइरहेको छ ।

फिल्मबारे आमिर भन्छन्, ‘यो कमेडी र सन्देशमुलक फिल्म हो । दर्शकले रुचाउनेमा आशावादी छु ।’ निर्मातासमेत भएकाले आमिर प्रचारमा बढी लागिपरेका छन् । नायक मात्रै भएको फिल्ममा उनी यसरी प्रचारमा हिडेको दृश्य दुर्लभ नै हो ।

अहिले उनी विभिन्न अन्तर्वार्तामा पुगेर फिल्मबारे नयाँ खुलासा गर्दै आएका छन् । केही दिनअघि आमिरले ‘सितारे जमिन पर’ ओटीटीमा रिलिज नहुने बताएका छन् ।

ओटीटीका विभिन्न सर्तले दर्शकले हलमा फिल्मको मज्जा लिन नपाउने भएका कारण यो निर्णयमा पुगेको उनले बताएका छन् ।

यो फिल्मलाई हलमा हेर्न नपाउनेहरु दुखी हुनपर्ने अवस्था भने छैन । केही पैसा तिरेर युट्युब यो फिल्म हेर्ने प्रबन्ध मिलाउने आमिरले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : ५५ बजे

बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार