आमिरको फरक रणनीति : ओटीटीमा ‘सितारे जमिन पर’ नआउने, युट्युबमा आउने « Khabarhub

आमिरको फरक रणनीति : ओटीटीमा ‘सितारे जमिन पर’ नआउने, युट्युबमा आउने


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक आमिर खानको महात्वकांक्षी फिल्म ‘सितारे जमिन पर’ जुन २० बाट प्रदर्शनमा आउँदै छ ।

यो फिल्मलाई लिएर दर्शकहरु उत्सुक भएको पाइएको छ । फिल्मका प्रचार सामाग्रीलाई दर्शकहरुले रुचाएका छन् । धेरैले प्रदर्शन मितिको पर्खाइमा रहेको बताएका छन् ।

बलिउडमा यसलाई राम्रो व्यापार गर्न सक्ने फिल्मका रुपमा लिइएको छ । धेरै रेकर्डहरु यस फिल्मले राख्ने अनुमान भइरहेको छ ।

फिल्मबारे आमिर भन्छन्, ‘यो कमेडी र सन्देशमुलक फिल्म हो । दर्शकले रुचाउनेमा आशावादी छु ।’ निर्मातासमेत भएकाले आमिर प्रचारमा बढी लागिपरेका छन् । नायक मात्रै भएको फिल्ममा उनी यसरी प्रचारमा हिडेको दृश्य दुर्लभ नै हो ।

अहिले उनी विभिन्न अन्तर्वार्तामा पुगेर फिल्मबारे नयाँ खुलासा गर्दै आएका छन् । केही दिनअघि आमिरले ‘सितारे जमिन पर’ ओटीटीमा रिलिज नहुने बताएका छन् ।

ओटीटीका विभिन्न सर्तले दर्शकले हलमा फिल्मको मज्जा लिन नपाउने भएका कारण यो निर्णयमा पुगेको उनले बताएका छन् ।

यो फिल्मलाई हलमा हेर्न नपाउनेहरु दुखी हुनपर्ने अवस्था भने छैन । केही पैसा तिरेर युट्युब यो फिल्म हेर्ने प्रबन्ध मिलाउने आमिरले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : ५५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित