सिने ब्रिफ : व्यस्त सौगात, अञ्जनामाथि निर्देशकको आरोपैआरोप, फ्लप गरिमा लिड रोलको परीक्षामा | Khabarhub Khabarhub

सिने ब्रिफ : व्यस्त सौगात, अञ्जनामाथि निर्देशकको आरोपैआरोप, फ्लप गरिमा लिड रोलको परीक्षामा


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

हेडलाइन :
सहायक भूमिकामा फ्लप फिल्मको ह्याट्रिक हानेकी गरिमा, अब ‘जन्ते बाख्रो’बाट लिड रोलको परीक्षामा
नपत्याउँदो गरी फिल्म ‘लाज शरणम्’ले मनायो प्रदर्शनको १०० दिन
व्यस्त देखिन्छन् सौगात, तर सुनसान छ उनकै फिल्म ‘भाइरल गोर्खे’
र, गसिपमा छ– कन्ट्रोभर्सीमा परिन् नायिका अञ्जना बराइली, निर्देशकको अरोप कति हुन् कति !

यो साताको ‘सिने ब्रिफ’मा नायिका गरिमा शर्माबारे एक रिपोर्ट समावेश छ । उनले फ्लप फिल्म दिनमा ह्याट्रिक हानेकी छन् । तर, यी तीनै फिल्ममा उनी सहायक भूमिकामा छिन् ।
उनले फिल्म ‘जन्ते बाख्रो’मा पहिलो पटक लिड रोल निर्वाह गरेकी छन् ।
यसबारे थप : सहायक भूमिकामा फ्लप गरिमा : ‘जन्ते बाख्रो’बाट लिड रोलको परीक्षामा

पूरा भिडियो :

गसिप
अञ्जना बराइली अभिनित फिल्म ‘महाभोज’ जेठ ३० मा प्रदर्शनमा आउँदै छ । यही फिल्म प्रचारका क्रममा दिएको एक अन्तर्वार्ताले उनी कन्ट्रोभर्सीमा फसेकी हुन् ।
उक्त अन्तर्वार्तामा अञ्जनाले एक नाम नलिइ ‘अनप्रोफसन’ निर्देशकसँग काम गरेको अनुभव सुनाएकी थिइन् ।
अञ्जनाको अभिव्यक्ति आफू लक्षित भएको फिल्म ‘डोरी’का निर्देशक अरुण लामाको बुझाइ छ । त्यसपछि अरुणले अञ्जना लक्षित आरोप चाङ लगाएका छन् ।
यसबारे थप : ‘कन्ट्रोभर्सी’मा नायिका अञ्जना, डोरीका निर्देशकले लगाए आरोपका चाङ

५१ र १०० दिनका कुरा

कृषा चौलागाई निर्देशित फिल्म ‘पीताम्बर’ले बिहीबार प्रदर्शनको ५१ औं दिन मनाएको छ ।

न्यून अकुपेन्सीका साथ यो फिल्मले रञ्जना र बिग मुभिज, दुई हलमा ५१ दिन मनाएको हो ।

त्यस्तै, कुमार कट्टेल ‘जिग्री’ निर्देशित फिल्म ‘लाज शरणम्’ले बिहीबार प्रदर्शनको १०० दिन पूरा गरेको छ ।

यी दुवै फिल्मको घरेलु बक्स अफिस कलेक्सन सामान्य नै छ । ‘पिताम्बर’ले ५ करोडभन्दा कम व्यापार गरेको छ ।

आज भोलि न्यून अकुपेन्सीका साथ हलमा टिकिरहेका फिल्मले ५१ दिन मनाउन थालेका छन् ।

गत वर्ष तीन करोड मुनी ग्रस कलेक्सन गरेको फिल्म ‘तेल भिसा’ले ५१ दिन मनाएको थियो । यो वर्ष ‘पिताम्बर’ले उही उदाहरण दोहोर्‍याएको छ ।

अझ १०० दिन मनाउन फिल्मलाई सुपरहिट भन्ने गरिन्छ । विगतमा यस सफलता पाएका फिल्महरुले ग्रस कलेक्सन पनि सुपरहिट नै मान्नुपर्ने किसिमका थिए ।

१५ करोड व्यापार गरेको ‘छक्का पञ्जा ५’ले ५१ दिन मनाउन पनि मनाउन पाएन । झन्डै २० करोड व्यापार गरेको ‘१२ गाउँ’ मुस्किलले ५१ दिन कटायो ।

तर, १० करोड पनि व्यापार नगरेको ‘लाज शरणम्’ले भने प्रदर्शनको १०० दिन कटायो । कहिलेकाहीँ यस्तो रोचक घटना बक्स अफिसमा देखिने रहेछ ।

सौगातको व्यस्तता

यो वर्षको सुरुवातमा नायक सौगात मल्ल व्यस्त देखिएका छन् । जान–अञ्जानमै सौगातले यो वर्ष सबैभन्दा बढी फिल्म दिने नायकको दौडमा आफूलाई प्रस्तुत गरिसकेका छन् ।

यो वर्ष लाग्दै गर्दा सौगातको अभिनय रहेको फिल्म ‘पीताम्बर’ हलमा थियो ।

८१ सकिन केही दिन मात्रै बाँकी हुँदा अर्थात् चैत २९ बाट प्रदर्शनमा आएकाले यस फिल्मलाई पनि ०८२ सालकै क्यालेन्डरमा समावेश गर्न सकिन्छ ।

यही वैशाख २६ गते सौगातको अर्को फिल्म ‘जार’ प्रदर्शनमा आयो । यही शुक्रबार अर्थात् जेठ २३ बाट उनको अर्को फिल्म ‘जन्ते बाख्रो’ प्रदर्शनमा आएको छ ।

अर्थात्, ‘पीताम्बर’लाई नगन्ने हो भने पनि ०८२ को दुई महिनामा उनका दुई फिल्म प्रदर्शनमा आइसकेका छन् । सौगातलाई पनि आफू व्यस्त बनेको राम्रैसँग महसुस भएको छ ।

उनी भन्छन्, ‘समय अभाव भएको महसुस भएको छ । तर, सयम व्यस्थापन गरिएको छ ।’

उनको अर्को फिल्म ‘भाइरल गोर्खे’को प्रदर्शन मिति जेठ ३० लाई तोकिएको छ । तर, प्रदर्शन मिति आउन एक साता मात्रै बाँकी रहँदा पनि यसको प्रचारको गतिविधि शून्यप्रायः छ । यो फिल्मको प्रदर्शन अघोषितरुपमा पोस्टपोन्ड भएको चर्चा चल्न लागेको छ ।

‘भाइरल गोर्खे’ पोस्टपोन्डबारे उनी भन्छन्, ‘छायाङ्कनको काम बाँकी छ । केही पर सर्न सक्छ । यो सम्भावना बोकेको फिल्म भएकाले मिहिनेत गरेर प्रदर्शनमा ल्याउने तयारीमा छौं ।’

उनको अर्को फिल्म ‘सिटामोल’ प्रदर्शन मिति साउन २३ लाई तोकिएको छ । दशैंमा प्रदर्शनमा आउने फिल्म ‘बलिदान’मा पनि सौगातको अभिनय रहेको बताइएको छ ।

सौगात फिल्म ‘कल्ली’को पनि छायाङ्कन सहभागी भइसेका छन् । यो फिल्म पनि यही वर्ष प्रदर्शनमा आउने बताइएको छ ।

वि.सं २०८२ सालको तेस्रो महिना नलाग्दै सौगातको यो वर्ष प्रदर्शनमा आउने फिल्मको संख्या आधा दर्जन पुगेको छ ।

यो वर्ष सौगात जसरी अन्य नायक व्यस्त देखिएका छैनन् । उनी अभिनय क्षमताले नै यत्तिको व्यस्ताता डिजर्भ गर्ने नायक पनि त हुन् ।

साताका गतिविधि

यो साता प्रिमियर, शुहमुहूर्त, कलाकार अनुबन्ध, नयाँ प्रदर्शन मिति घोषणा र फिल्मको गीत सार्वजनिकदेखि नाम परिवर्तनसम्मका गतिविधि भएका छन् ।

सुरुमा चर्चा गरौं ‘महाभोज’को । यो फिल्म राजावादी र नेकपा एमालेको शक्तिप्रदर्शनले गर्दा जेठ १५ बाट पोस्टपोन्ड भएको थियो । गत शनिबार यो फिल्मको नयाँ प्रदर्शन मिति जेठ ३० लाई तोकिएको छ ।

दिनेश राउत निर्देशित यस फिल्ममा नायकहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने र नायिकाहरु गौमाया गुरुङ, अञ्जना बराइली र मलिका महत छन् ।

नायक विजय बराल केन्द्रीय भूमिकामा रहेको फिल्म ‘जनै हराएको बाहुन’को नाम परिवर्तन भएर ‘जनै हराएको मान्छे’ राखिएको छ । हिन्दू धर्मसँग सम्बन्धि संस्थाहरुले यो फिल्मको नामलाई लिएर आपत्ति जनाएपछि नाम परिवर्तन गरिएको हो ।

भदौ ६ बाट प्रदर्शनमा आउने यस फिल्म नायिका केकी अधिकारी र मिरुना मगर पनि शीर्ष भूमिकामा रहेको बताइएको छ ।
बुधबार यस फिल्मको ‘आमा’ शीर्षकको गीत सार्वजनिक भएको थियो ।

बलिराम चौहानको निर्देशन रहने फिल्म ‘द ब्ल्यू लाइट’को गत मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको छ । यस फिल्ममा नायक अर्पण थापा र नायिका सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहने बताइएको छ ।

शुभमूहूर्त कार्यक्रममा यस फिल्मको छायाङ्कन यसै साता हुने बताइएको थियो ।

त्यस्तै, चन्द्र पन्तको निर्देशन रहने दोस्रो फिल्म ‘आबाट आमा’मा नायक पल शाह अनुबन्धित भएका छन् ।

यसै साता उनी अनुबन्ध भएको निर्माण पक्षले सार्वजनिक गरेको हो । पललाई नायिका विपना थापाको छोराको भूमिकामा अनुबन्ध गरिएको छ ।

साउन २३ बाट प्रदर्शनमा आउने फिल्म ‘मोहर’को बिहीबार पोस्टर एक पोस्टर सार्वजनिक भएको छ । यस पोस्टरमा नायक पल शाहको अँगालोमा दुई नायिका नीति शाह र वेनिशा हमाललाई देख्न सकिन्छ ।

नीतिसँगको तस्बिरमा पलको कपाल छोटो छ भने वेनिशासँगको तस्बिरमा उनको कपाल केही लामो छ । यसले मोहरमा पल शाह दोहोरो भूमिकामा छन् कि भन्ने देखिन्छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : ३३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

एसीसी यु-१६ : भुटानविरुद्ध नेपालका बजगाईं र श्रीवास्तवले बनाए अर्धशतक

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र