आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल पक्षको एकादशी व्रत उपरान्त द्वादशी तिथि । तुलसीको दल राख्ने दिन । तदनुसार सन् २०२५ जुन ७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुने दिन छ । राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको कारोबारमा फाइदा हुनेछ । राज्यको महत्त्वपूर्ण निकायमा नियुक्ति हुनसक्ने योग छ ।

मिथुन : दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ । विदेशमा गरेको व्यापारबाट फाइदा हुनेछ । घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : आम्दानीका दृष्टिले दिन राम्रो छ । परिवारको बोझ अझै बढ्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिक क्षेत्रमा उपलब्धि प्राप्त हुनेछ ।

सिंह : सहकार्यमा गरेको व्यापारबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्या : दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा तपाईंको सम्मान हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

तुला : मन प्रशन्न रहनेछ । आफूले गरेका काममा सन्तुष्टि मिल्नेछ । आफ्नै प्रशंसा सुन्ने अवसर मिल्नेछ । परिवारसँग रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । नयाँ साथीसँग रमाइलो भेट हुने योग छ ।

वृश्चिक : दिन सामान्य छ । स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ । तपाईंको अध्ययनको भने मूल्यांकन हुने दिन छ । विपक्षीसँग सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । आफूले आफूलाई मूल्यांकन गर्न नसक्दा खटपटी भए पनि साथीको साथ मिल्नेछ । परोपकारको काम गर्ने अवसर मिल्नेछ ।

मकर : दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राजनीतिक क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । परिवारभित्र थोरै बोलेर काम गर्नुपर्ने समय छ ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अन्त्य साढेसाती दशा भएकाले तृतीया, छैटौं र ११ औं स्थानमा शनिदेव भए तपाईंको उन्नति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : दिन सामान्य छ । सम्पत्तिले साथ दिए पनि इज्जतमा दाग लाग्नेछ । धार्मिक कार्यमा सहभागी हुनु आवश्यक हुन्छ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ५ : ५७ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच