उत्तरी मेसेडोनिया र बेल्जियमको बराबरी « Khabarhub

उत्तरी मेसेडोनिया र बेल्जियमको बराबरी


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप फुटबलको समूह ‘जे’को खेलमा बेल्जियम र उत्तरी मेसेडोनियाले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको २८औँ मिनेटमा बेल्जियमका म्याक्सिम डी कयुले गोल गरेका थिए भने ८६औँ मिनेटमा मेसेडोनियाका एजियन ओलियस्कीले गोल फर्काएका थिए ।

यो बराबरीले सुरुवातमै बेल्जियम सङ्कटमा परेको छ । सोमबार सो टोलीले घरेलु भूमिमा शीर्ष स्थानमा रहेको वेल्ससँग खेल्ने छ ।

वेल्सले छनोट यात्रालाई अघि बढाउने क्रममा लिचेस्टाइनलाई ३–० गोलले हराएको छ । उक्त खेलमा लिचेस्टाइनलका गोलरक्षक बेन्जामिन बुचेलले थुप्रै आक्रमणलाई विफल पारेका थिए ।

खेलको ३९औँ मिनेटमा जो रोडनको गोलमा नर्वेले अग्रता लिएको थियो । ६५औँ मिनेटमा हेरी विल्सनले गोल गरेको खेलमा ६८औँ मिनेटमा केइफ मोरले गोल गरे ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ७ : १४ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता