जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल « Khabarhub

जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली क्षेत्रको विश्वकप छनोटमा क्रोएसियाले जिब्रल्टरलाई फराकिलो अन्तरले हराएको छ ।

शुक्रबार राति भएको समूह ‘एल’को खेलमा भ्रमणकारी क्रोएसियाले जिब्राल्टरलाई ७–० गोलले हराएको हो ।

खेलको २६औँ मिनेटमा मारियो पासालिकको गोलमा अग्रता लिएको क्रोएसियाका लागि ३०औँ मिनेटमा एन्टे बुडिमिरले गोल गरेका थिए ।

यस्तै, ६०औँ र ६३औँ मिनेटमा फ्रान्जो इभानोभिक गोल गरे । ७३औँ मिनेटमा इभान पेरिसिक तथा ७७औँ र ७९औँ मिनेटमा आन्द्रे कारामिकले गोल गरे ।

समूहमा पहिलो खेल खेलेको क्रोएसिया ३ अंकका साथ तेस्रो स्थानमा छ भने तीन खेल खेलेको जिब्रल्टर अंकविहीन छ ।

सोही समूहको अर्को खेलमा चेक गणतन्त्रले मन्टेनेग्रोलाई २–० गोलले हरायो । चेकका लागि अडाम होलोजेक र प्याट्रिक सियोकले गोल गरे ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ७ : ४० बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष