रिडी-तम्घास सडकखण्डमा कालोपत्र « Khabarhub

रिडी-तम्घास सडकखण्डमा कालोपत्र


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ। पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । 
 
रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही आउँदो फागुन २५ सम्म कालोपत्र गर्ने काम सकिने मदनभण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिए ।

‘रिडीदेखि २५ किलोमिटरसम्म ढलान र अस्फाल्ट गर्ने कार्यक्रम छ, अहिलेसम्म आठ किलोमिटर सम्पन्न भइसकेको छ, अब १७ किलोमिटर बाँकी छ, मौसमले साथ दियो भने यस आर्थिक वर्षमा १८ देखि १९ किलोमिटर गर्ने कार्यक्रम छ’, उनले भने। 
       
निर्माण कम्पनीले रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार क्षेत्रमा ‘ग्रेड कटिङ’ र मोड सुधारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । सम्झौताअनुसार कटिङ, नाली, संरचना निर्माण र ग्राभेलको काम द्रुतगतिमा भइरहेको छ । पच्चीस किमी सडकअन्तर्गत दुई किमी ढलान र छ किमी कालोपत्र भइसकेको आयोजना कार्यालयका सूचना अधिकारी हुमनाथ पौडेलले बताए। 

उक्त सडकखण्डमा हालसम्म ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । सडक निर्माणका क्रममा गत दुई वर्ष यस क्षेत्रका नागरिकले धुलो र हिलोको समस्या भोग्नुपरेको थियो ।

सडक निर्माणका लागि २०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभीले एक अर्ब ५० करोडको लागतमा रिडी–रुन्खादह सडकको ग्रेड कटिङ, मोड सुधारसँगै कालोपत्र गर्ने सम्झौता भएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १ : १५ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको