युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृत्यु, दर्जनौं घाइते « Khabarhub

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृत्यु, दर्जनौं घाइते


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी नागरिक घाइते भएका छन् ।

खार्किभ सहरका मेयर इहोर टेरेखोभका अनुसार, यो सहरले हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणको सामना गरेको छ । बिहान करिब चार बजे सुरु भएको आक्रमणमा ४८ वटा ड्रोन, दुई वटा मिसाइल र चार वटा बम प्रयोग गरिएको उनले जानकारी दिए । खार्किभमा मात्र तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको जनाइएको छ ।

त्यसैगरी, खेरसोनमा तोपखानाको प्रहारबाट एक दम्पतीको मृत्यु भएको र दुई भवनमा क्षति पुगेको छ । ड्निप्रो सहरमा दुई जना महिला घाइते भएका छन् भने लुत्स्कमा शुक्रबारको आक्रमणमा घाइते एक युवतीको मृत्यु भएको पुष्टि गरिएको छ ।

आक्रमणपछि उद्धारकर्मीहरू सक्रिय रुपमा प्रभावित क्षेत्रहरूमा काम गरिरहेका छन् । अधिकारीहरूले घाइतेहरूको उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जनाएका छन् ।

रुसले पछिल्ला दिनहरूमा युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । उता युक्रेनले युद्धविरामको प्रस्ताव राखे पनि रुसले अझै त्यसमा सकारात्मक प्रतिक्रिया दिएको छैन । अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधानको बाटो रोज्न आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  २ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै