पतञ्जलि भ्रष्टाचार मुद्दा प्रकरण : माधव नेपालले भने– बदलाको भावनाले केपी ओलीलाई पोल्यो « Khabarhub

पतञ्जलि भ्रष्टाचार मुद्दा प्रकरण : माधव नेपालले भने– बदलाको भावनाले केपी ओलीलाई पोल्यो


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रह राखेर भ्रष्टाचार मुद्दा लगाउन पहल गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाेहाेर्‍याएका छन् ।

पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले पूर्वाग्रह राखेर आफूविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लगाउन खोजेको दाबी गरे ।

‘हाम्रो पार्टीको भूमिका महत्वपूर्ण रहेको छ । हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन् । आतङ्कित भएका छन्, पूर्वाग्रह राखेर बसेका छन्,’ अध्यक्ष नेपालले भने, ‘बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण भर्खरै तपाईहरूले सुन्नभयो, ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ ।’

उनले भ्रष्टाचारको मुद्दाका लागि निर्णयको आधार चाहिने भन्दै आफूले जनतालाई नोक्सान हुने कुनै काम गरेको भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको पनि बताए । ‘भ्रष्टाचारको केसका लागि निर्णयको आधार चाहिन्छ । माधव नेपालले कसैसँग एक नयाँ पैसा घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु,’ नेपालले भने ।

पूर्वप्रधानमन्त्री नेपालले व्यक्तिगत लाभका निम्ति कुनै काम नगरेका कारण आत्तिनु पर्ने आवश्यकता नभएको जिकिर गर्दै न्यायपालिकाले आफूलाई न्याय दिनेमा विश्वास व्यक्त गरे ।

‘निजी स्वार्थबाट कुनै कामहरू भएको छैन भने, आफ्नो फाइदा र लाभको निम्ति कुनै काम गरिएको छैन भने आत्तिनु पर्ने आवश्यकता छैन,’ उनले भने, ‘सबै गलत आरोपहरूको विरुद्धमा दृढताका साथ उभिने छ । मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिने छ । र, न्यायको जित हुनेछ । न्यायको जित हुनुपर्दछ, अन्यायको हार हुनुपर्दछ ।’

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  २ : १५ बजे

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख