पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन सुरु (तस्बिरहरू)  « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन सुरु (तस्बिरहरू) 


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लाङटाङ, क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो वर्षदेखि लाङटाङ ट्रेल रन सुरु भएको छ । लाङटाङ ट्रेल रन रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा गरिएको छ ।

तीन हजार आठ सय पचास मिटर उचाइमा रहेको क्यान्जिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रनको दूरी ३२ किलोमिटरको छ । ट्रेल रनमा स्वदेशी र विदेशी गरी कुल एक सय धावकको सहभागिता छ।

बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य र नेपालको तेस्रो गन्तव्य हो, लाङटाङ। हिमालै हिमालको बीचमा रहेको क्यान्जिन भ्याली अर्थात क्यान्जिन गुम्बाबाट लाङटाङ ट्रेल रन सुरु गरिएको हो। लाङटाङ क्षेत्रलाई पदयात्राका साथै दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकको विश्वास छ । 

यो वर्षको ट्रेल रन संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र गोसाइँकुण्ड गाउँपालिकाको सहकार्यमा रसुवा नुवाकोट पर्यटन समाजले ट्रेल रन आयोजना गरेको हो ।


 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  २ : ४८ बजे

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको